
Gfs
Ggp
Unsku
Sgr
Pes
Pbu
Djs
Lnp
Rgp1
Ses
Rgp
Srbpu
pku
cjs

Bbbpu
Rgu
Vor
Sbs
Hal
Wsp
Ggd
Gst
Tsm
Rgs
Ssm
Sls
Rgu
Rsb
Pvg
Asm
Bbu
Ksm
nsb

Rmb
sab
Pls
Syp
Gsb
Ptm
bbt
Jmb
Abd
Bml
Mks
Rpp
Jmb
रुपन्देही । नेपाल उद्यान महासंघकाकाे प्रथम अधिवेशनबाट दाङका तिनजना केन्द्रीय सदस्यमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।
नेपाल उद्यान महासंघकाे पुस २५ र २६ बुटवलमा भएको प्रथम राष्ट्रिय अधिवेशनमा अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीद्वारा सञ्चालित जैविक विविधता ग्रीन पार्कको नेतृत्व गर्दै अधिवेशनमा सहभागी भएका सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजाल उद्यान महासंघको केन्द्रीय सदस्यमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।
त्यसैगरी अधिवेशनबाट दाङबाट राप्ती शान्ति उद्यानका अध्यक्ष डिल्लीराज भण्डारी,पाण्डवेश्वर धारपानिका सचिव तथा संस्थापक सदस्य विष्णुराम आचार्य सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।
नेपाल उद्यान महासंघका अध्यक्ष खेम प्रसाद लुइँटेलकाे अध्यक्षता एवम् लुम्बिनी प्रदेशका सभामुख तुलाबहादुर घर्तीकाे प्रमुख आतिथ्यता तथा सहिद स्मारिका पार्क हेटौंडाका संस्थापक अध्यक्ष बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डाेरमणी पाैडेलकाे विशिष्ट अतिथिमा उक्त अधिवेशन सम्पन्न भएको हाे ।
देशभरका उद्यानहरुलाई संगठित गर्दै शुरु भएको यात्राको क्रममा भएको उचारचढावबारे प्रकाश पार्दै महासंघका अध्यक्ष खेम प्रसाद लुईटेलले उद्यान ब्यवस्थापनमा भएका चुनौतीलाई समाधान गर्ने गरि संस्थागत रुपमा आफुहरु अघि बढेको बताए । उद्यानहरूको दर्ता,व्यवस्थापन तथा सञ्चालन सम्बन्धी एकीकृत राष्ट्रिय नीति तथा कानून निर्माण नहुँदा सबै प्रकारका वनअन्तर्गत रहेका उद्यानहरुलाई दीर्घकालीन उपयोग,स्वामित्व हस्तान्तरण लगायत समस्याहरु रहि आएका छन् ।
यसै सन्दर्भमा मकवानपुरमा पनि धेरै उद्यानहरु संचालनमा रहेको तर,विभिन्न कारणले व्यवस्थित संचालन हुन नसकिरहेको हुँदा महासंघ मार्फत साझा धारणा बनाउन लागिएको महासंघका अध्यक्ष खेम प्रसाद लुईटलले बताए ।छलफलमा भाग लिदै सहिद स्मारिका पार्क हेटौंडाका संस्थापक अध्यक्ष एवम् बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डाेरमणी पाैडेलले उद्यानहरु व्यवस्थित रुपमा सञ्चालन हुनु पर्ने हुँदा एकताद्द हुन आवश्यक रहेको बताए ।
त्यस्तै देशभरका उद्यान (पार्क) उद्यानहरुको व्यवस्थापन र सञ्चालनमा देखापरेका समस्याहरुको समाधान गर्दै संस्थागत विकास गरी एकताबद्घ पहल गर्ने उद्देश्यसहित महासंघ दर्ता भएको हो । महासंघले उद्यानहरुको संरक्षण,संवद्र्धन र विकास गर्ने लक्ष्य लिएको छ ।
