
cjs
Djs
Ggp
Gfs
Lnp
Rgp1
Pbu
Pes
pku
Unsku
Ses
Rgp
Sgr
Srbpu

Gst
Ksm
Bbbpu
Hal
Vor
Ssm
Wsp
Rgu
Bbu
Asm
Sbs
Pvg
Ggd
Rsb
Rgs
Sls
nsb
Rgu
Tsm

Mks
Ptm
sab
Abd
Bml
Jmb
Rpp
Syp
Rmb
Gsb
bbt
Jmb
Pls
दाङ । होटल व्यवसायी समिति लमहीको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन शुक्रबार लमहीमा सम्पन्न भएको छ ।
अधिबेसनले हिमन्त प्रसाद पाण्डेको नेतृत्वमा नया कार्यसमिति चयन गरेको छ । त्यस्तै,उपाध्यक्षमा नरेन्द्र वहादुर बस्नेत र बाबुराम खनाल पर्यटन उपाध्यक्ष बनेका छन् । महिला उपाध्यक्षमा पार्बता केसी,सचिवमा राजेन्द्र पाण्डेय, कोषाध्यक्षमा श्याम बहादुर कुँवर,सहसचिबमा साबित्रा बन्जाडे चयन भएका हुन ।
कार्यसमितिका सदस्यहरुमा धना बुढा मगर,अनिता खनाल, बिष्णुमाया भुसाल,पदम प्रसाद पौडेल,प्रेम प्रसाद खनाल, दिपेन्द्र जैसवाल,बाम प्रसाद ढकाल, युवराज पौडेल,चोपलाल भट्टराई,नारायणी ढकाल र चिन्ताराम चौधरी चयन भएको निर्बाचन मण्डलका संयोजक हरि बहादुर थापाले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष पाण्डेले सबैको सहयोगमा संस्थालाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अतिथि देवो भवः भन्ने मूल भावलाई आत्मसात गर्दै होटल पर्यटन,कृषि,उद्योग तथा व्यापार नै स्थानीय विकास र समृद्धिको प्रमुख आधार भन्ने नारा होटल ब्यबसायी समितीले अघि सारेको छ । यसअघि समितिका अध्यक्ष नारायण भुषालको अध्यक्षता तथा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यता एबम् वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी ‘सागर’को विशिष्ट आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा होटल तथा पर्यटन क्षेत्रको वर्तमान अवस्था,सम्भावना र चुनौतीका विषयमा छलफलपनि भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख लक्ष्मी योगीले होटल तथा पर्यटन क्षेत्रले स्थानीय अर्थतन्त्रमा खेलेको भूमिकाको प्रशंसा गरिन । उनले कृषि,उद्योग र व्यापारसँग होटल व्यवसाय गहिरो रूपमा जोडिएको उल्लेख गर्दै स्थानीय उत्पादनको उपयोग,स्वच्छता,सेवा गुणस्तर र आतिथ्य संस्कृतिमा ध्यान दिन सके पर्यटन क्षेत्र अझ मजबुत बन्ने बताईन । नगरपालिकाले होटल व्यवसायीहरुसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धनका कार्यक्रम अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरिन ।
कार्यक्रममा विशिष्ट अतिथि वडाध्यक्ष ओमप्रसाद सुवेदीले लमही क्षेत्रको भौगोलिक अवस्था, यातायात पहुँच र बढ्दो शहरीकरणले होटल व्यवसायका लागि राम्रो अवसर सिर्जना भएको बताए । उनले व्यवसायीहरुलाई सेवा सुधार,अनुशासन र सामाजिक उत्तरदायित्वमा ध्यान दिन आग्रह गर्दै वडा कार्यालय सधैं सहयोगी रहने धारणा राखे । उनले स्थानीय तह र व्यवसायीबीच सहकार्य अपरिहार्य रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहले पर्यटन प्रवर्द्धनमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सकारात्मक समाचार प्रवाहले पर्यटन विकासमा टेवा पुग्ने बताईन ।
समितिकी उपाध्यक्ष सुमित्रा बेलवासेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघका महासचिव हरिबहादुर थापा,लमही चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष शशीराम परियार,नेकपा एमाले नगर कमिटी अध्यक्ष रतन कुमार केसी,नेपाल कम्युनिस्ट पार्टीका नगर संयोजक दिलकुमार श्रेष्ठ लगायतले होटल व्यवसायले रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र मजबुत बनाउन खेलेको भूमिकाको प्रशंसा गरे ।
कार्यक्रमको अबसरमा २०४४ सालदेखि लमहीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका हाल ८० वर्षिय ज्येष्ठ व्यवसायी किशरीलाल हलुवाईलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । लामो समयदेखि निरन्तर व्यवसायमा योगदान पुर्याएको भन्दै गरिएको उनको सम्मानले नयाँ पुस्ताका व्यवसायीलाई प्रेरणा मिल्ने आयोजकको विश्वास छ । सम्मान ग्रहण गर्दै हलुवाईले आफ्नो जीवनको ठूलो हिस्सा लमहीमै बिताएको र व्यवसायले आफूलाई समाजसँग जोडेर राखेको भावुक अनुभव सुनाए ।
कार्यक्रमको अबसरमा सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै खुला रक्तदान कार्यक्रम समेत गरिएको थियो । करिब दुई दर्जन व्यक्तिले रक्तदान गरी मानवीय सेवामा योगदान दिएका थिए । रक्तदान कार्यक्रमले होटल व्यवसायीहरू केवल व्यापारमा मात्र नभई सामाजिक सेवामा पनि अग्रसर रहेको सन्देश दिएको सहभागीहरूको भनाइ छ । सभामा समितीका कोषाध्यक्ष श्याम बहादुर कुँवरले आर्थिक बर्ष २०८०/०८१ को १ लाख, ५७ हजार, ८ सय रुपैया र आर्थिक बर्ष २०८१/०८२ को १ लाख, ३ सय ८० रुपैयाको आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सभामा समितीका सचिब राजेन्द्र पाण्डेले साँगठनिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी कार्ययोजना र रणनीतिबारे योजना सुनाए । कार्यक्रमको सहजीकरण समितिका सचिव राजेन्द्र पाण्डेले गरेका थिए ।
