
Rgp1
Unsku
Djs
Pes
Sgr
Ses
cjs
Pbu
Ggp
Lnp
Gfs
pku
Srbpu
Rgp

Ksm
Sls
Asm
nsb
Wsp
Pvg
Rgs
Rsb
Sbs
Hal
Ggd
Rgu
Gst
Bbu
Bbbpu
Tsm
Ssm
Vor
Rgu

bbt
Mks
Syp
Jmb
sab
Jmb
Rmb
Rpp
Pls
Abd
Gsb
Bml
Ptm
दाङ । देउखुरीको लमही नगरपालिकाको १८ औँ नगरसभा बिहीबार सम्पन्न भएको छ । नगरप्रमुख जोगराज चौधरीको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्षका नीति,कार्यक्रम तथा विभिन्न महत्वपूर्ण निर्णयहरु पारित गर्दै सार्वजनिक गरेको हो ।
नगरसभापछि नगरप्रवक्ता मोहन गिरीले पत्रकार सम्मेलनमार्फत नगरसभाबाट भएका निर्णयहरु सार्वजनिक गरेका थिए । नगरसभामा उपप्रमुख लक्ष्मी योगीले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन । उनले चालू आर्थिकबर्षको हालसम्म १६ प्रतिसतको बित्तिय प्रगति प्रतिबेदन प्रस्तुत गरिन । कुल जम्मा ८६ करोड, ५३ लाख, १७ हजार, ९ सय २९ मध्यबाट हालसम्म १४ करोड, ३ लाख, २२ हजार, ४ सय १५ रुपैया खर्च बिबरण प्रस्तुत गरिन ।
नगरसभाले विकास निर्माण, सेवा प्रवाह,आर्थिक अनुशासन र सुशासनलाई थप प्रभावकारी बनाउने निर्णयहरु गरेको जनाइएको छ । नगरप्रवक्ता गिरीका अनुसार १८ औँ नगरसभाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरिएका केही वार्षिक योजना तथा कार्यक्रमहरु प्रगति प्रतिवेदनसहित संशोधन गरेको छ । आर्थिक प्रतिवेदनअनुसार २०८२ पुस २२ गतेसम्म नगरपालिकाले आन्तरिक स्रोतबाट ३ करोड ९ लाख ६५ हजार ८ सय ८५ रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम अनुमानित आन्तरिक आयको १५ दशमलव ५० प्रतिशत रहेको छ ।
त्यस्तै चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये हालसम्म कुल खर्च १६ प्रतिशत पुगेको जानकारी दिइएको छ ।नगरसभाले लमही नगर कार्यपालिकाको बैठकबाट स्वीकृत भएका विधेयकहरु समेत पारित गरेको छ । पारित भएका विधेयकहरुमा भूमि व्यवस्थापन सम्बन्धी विधेयक, २०८२ तथा लमही नगरपालिका पुराना भवनहरुको अभिलेख व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७५ (पाँचौँ संशोधन) २०८२ रहेका छन् । यी विधेयकहरु कार्यान्वयनमा आएपछि नगरभित्रको भूमि व्यवस्थापन र पुराना भवनहरूको अभिलेख व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
नगरसभाको अर्को महत्वपूर्ण निर्णयअनुसार लमही नगर कार्यपालिकाको निर्णय बमोजिम संलग्न सूची अनुसारका कर्मचारी तथा व्यक्तिहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । नगरपालिकाको सेवा प्रवाह, प्रशासनिक सुधार तथा सञ्चार क्षेत्रमा योगदान पुर्याएका १६ जना कर्मचारी र पत्रकार शिबु खनाललाई सम्मान गरिएको हो ।
नगरपालिकाले कर्मचारी र सञ्चारकर्मीको भूमिकालाई उच्च मूल्यांकन गर्दै आगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । नगरसभा सम्बोधन गर्दै नगरप्रमुख जोगराज चौधरीले लमही नगरपालिकाले योजनाबद्ध विकास,पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले जनताको आवश्यकता अनुसार विकासका कार्यक्रम अघि बढाइने र नगरपालिकाको आन्तरिक आय वृद्धि गर्न थप पहल गरिने उल्लेख गरे । नगरप्रमुख चौधरीले नगरसभा लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण माध्यम भएको भन्दै नगरवासीको सुझाव र अपेक्षालाई नीति तथा कार्यक्रममा समेटिने स्पष्ट पारे ।
त्यस्तै उपप्रमुख लक्ष्मी योगीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा नगरपालिकाको आम्दानी,खर्च,बजेट कार्यान्वयन अवस्था र आगामी चुनौतीबारे उल्लेख गरिएको थियो । उनले सीमित स्रोतसाधनका बाबजुद पनि विकास निर्माण र सामाजिक क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट खर्च गरिएको बताईन । साथै,आगामी दिनमा राजस्व संकलनको दायरा फराकिलो बनाउने र खर्चलाई अझ प्रभावकारी बनाउने योजनाबारे समेत चर्चा गरिन ।
प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले नगरपालिकाको प्रशासनिक सुधार,कर्मचारी व्यवस्थापन र सेवा प्रवाहलाई चुस्त बनाउनेतर्फ ध्यान दिइएको बताए । उनले नगरसभाबाट पारित निर्णयहरुको प्रभावकारी कार्यान्वयनका लागि कर्मचारी संयन्त्रलाई जिम्मेवार बनाइने उल्लेख गरे । नगरसभा पश्चात् आयोजित पत्रकार सम्मेलनमा नगरप्रवक्ता मोहन गिरीले १८ औँ नगरसभाबाट पारित निर्णयहरु सार्वजनिक गर्दै ती निर्णयहरु नगरवासीको हितमा केन्द्रित रहेको बताए । उनले नगरपालिकाले आगामी दिनमा पनि सञ्चारमाध्यमसँग सहकार्य गर्दै सूचनाको प्रवाहलाई पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै समग्रमा,लमही नगरपालिकाको १८ औँ नगरसभाले आर्थिक,कानुनी तथा प्रशासनिक पक्षमा महत्वपूर्ण निर्णयहरु गर्दै नगरको विकास र सुशासनतर्फ नयाँ दिशा दिएको सरोकारवालाहरुले बताएका छन् । कार्यक्रमको सहजिकरण प्रशासन प्रमुख (प्रशासकिय अधिकृत ) महेश थापा ठेँडीले गरेका थिए ।

