
Djs
Lnp
Rgp1
Pbu
Pes
pku
Unsku
Ses
Sgr
Ggp
Gfs
cjs
Rgp
Srbpu

Tsm
Rgu
Asm
Ggd
Wsp
Rsb
Ksm
Pvg
Bbbpu
Gst
Hal
Bbu
Vor
Sbs
Rgs
nsb
Sls
Rgu
Ssm

Rmb
Jmb
Mks
Gsb
Abd
Jmb
Bml
Rpp
Syp
Pls
bbt
Ptm
sab
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायमैत्री वातावरण बनाउने जिम्मेवारी राज्यको भएको बताएका छन् ।
भदौ २४ गते आन्दोलनको नाममा उद्योग, व्यवसाय तथा होटलहरूमा आगजनी गरी व्यवसायीको मनोबल गिराएको घटनाले प्रदेशको व्यावसायिक वातावरण समेत प्रभावित बनेको भन्दै उनले यसमा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याएका हुन् ।
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको ९ औं वार्षिक साधारणसभाको बिहिवार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले शान्ति सुरक्षा र लगानीको संरक्षण व्यवसायिक वातावरणको आधार भएको बताए । ‘नियतवश होटल, क्याटरिङ व्यवसाय, उद्योग तथा पसलहरुमा आगो लगाइयो । यस्तो अपराध गर्नेलाई अविलम्ब कारबाही गर्नैपर्छ’उनले भने,‘लगानीको सुरक्षा राज्यको जिम्मेवारी हो । राज्य कमजोर हुन हुँदैन ।’ उनका अनुसार राज्यले व्यवसायको संरक्षण गर्न नसके विकास, प्रगति र समृद्धि सम्भव हुँदैन । संघीय सरकारले उद्योग–व्यवसायीमाथि विद्युत् काटेर समस्या पारेको प्रसंग स्मरण गर्दै त्यसबेला लुम्बिनी प्रदेश सरकारले संवादमार्फत समाधान खोज्नुपर्ने अडानले नै समस्या हटाउन मद्दत पुगेको बताए । ‘प्रधानमन्त्रीलाई भेटेर दृढतापूर्वक कुरा राख्यौं र समाधान निकाल्न सफल भयौं’उनले भने,‘व्यवसायीका पक्षमा प्रदेश सरकार सधैं दृढतापूर्वक उभिन्छ ।’
त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण होटल व्यवसायमा ठूलो लगानी भए पनि नियमित उडान सञ्चालन नहुँदा व्यवसाय प्रभावित भएको उल्लेख गर्दै उहाँले यसका लागि प्रदेश सरकारले संघीय सरकारसँग निरन्तर माग राख्दै आएको जानकारी दिए ।‘विमानस्थलमा नियमित उडान हुनुपर्छ भनेर लगातार आवाज उठाइरहेका छौं’उनले भने,‘यो विमानस्थल प्रदेशको समृद्धिको आधार बन्न जरुरी छ । यसकालागि पहल जारी राखेका छौं ।’ यस्तै क्याटरिङ व्यवसायको प्रवद्र्धनका लागि आवश्यक वातावरण तयार पार्ने, राजस्वसम्बन्धी बिषयमा संघीय सरकारसँग समन्वय गर्ने र व्यवसायीका पक्षमा खुलेर बोल्ने स्पष्ट पारे ।‘संघीय सरकारसँग पहल गर्न कहिल्यै कञ्जुस्याइँ हुनेछैन’उनले भने ।
