
Lnp
Rgp1
pku
cjs
Unsku
Sgr
Gfs
Ses
Rgp
Djs
Srbpu
Pbu
Ggp
Pes

Bbu
Sbs
Hal
Sls
Ksm
Ggd
Bbbpu
nsb
Gst
Ssm
Asm
Vor
Rgs
Rsb
Pvg
Rgu
Wsp
Tsm
Rgu

Ptm
Jmb
Jmb
Rpp
Rmb
Abd
Mks
Syp
Pls
sab
Gsb
bbt
Bml
दाङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका संघीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन समुहहरुलाई मर्ज गर्न खोज्नु वातावरण बिरोधी भएको बताएका छन् ।
गढवा गाउँपालिका–१, बड्हरामा रहेको सामुदायिक वन समूहहरुद्वारा सञ्चालित गोबरडिहा सःमिल तथा फर्निचर उद्योग प्रा. लि.को १३ औँ बार्षिक साधारणसभालाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सामुदायिक वन समूहलाई जबजस्त मर्ज गरेर महिला,आदिबासी,जनजाति, दलित समुदायको नेतृत्व क्षमता कमजोर गराउने कार्य रहेको चर्चा गर्दै कुनै पनि हालतमा सामुदायिक वन समूह मर्ज स्वीकार्य नहुने बताए । उनले सामुदायिक वन समूह स्थानीय कला,संस्कृति, पहिचान र रितिरिवाज रहेको बताउँदै सामुदायिक वन समूहलाई मर्ज गरेर उपभोक्ताहरुलाई कमजोर बनाउन खोजेको आरोप लगाए ।
संघीय अध्यक्ष भण्डारीले सामुदायिक वन समूहले उपभोक्ताहरूका हरेक आवश्यकता पुर्ति रहेको वन समूहले कुनै पनि हालतमा तीन तहका सरकारलाई कर तिर्न नसक्ने बताए । उनले अहिले पनि सामुदायिक वन समूहबाट सरकारले कर लगाउन खोजेर पञ्चालित शैली देखाएको आरोप लगाए । संघीय अध्यक्ष भण्डारीले सामुदायिक वनले मात्र वनमा आधित उद्योग सञ्चालन गर्न पाउने कानुनी व्यवस्था रहेकोले उपभोक्ताहरुको हितका लागि रहेकोले निधक्कका साथ उद्योग अगाडि बढाउन आग्रह गरे ।
उद्योगका अध्यक्ष नबराज शर्माको अध्यक्षता एवम् सामुदायिक वन उपभोक्ता महासंघ नेपालका संघीय अध्यक्ष ठाकुर भण्डारीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थाको बार्षिक प्रगति प्रतिवेदन उद्योगका अध्यक्ष शर्माले र आर्थिक प्रतिवेदन उद्योगका कोषाध्यक्ष चन्द्र पुरीले प्रस्तुत गरेका थिए ।
उद्योगका उपाध्यक्ष हरि सुवेदीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङका अध्यक्ष हरिप्रसाद भुसाल, गढवा गाउँपालिका–१,नम्बर वडा अध्यक्ष बाबुराम अधिकारी,नागरिक सामाज गढवाका अध्यक्ष खगेश्वर शर्मा, जनशक्ति सामुदायिक वन समूहका अध्यक्षका खुमबहादुर गाहा,बाग्दुला दमार सामुदायिक वन समूहका अध्यक्ष चिसापानी सामुदायिक वन समूहका अध्यक्ष पदम गिरी,गोबरडिहा सामुदायिक वन समूहका अध्यक्ष शिबप्रसाद यादव,जेष्ठ सदस्य दिलबहादुर महतारा,सामुदायिक वन महासंघका दाङ जिल्ला सदस्य बिष्णुमाया बसेल लगायतका वक्ताले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन उद्योगका सचिव चित्रबहादुर एमसीले गरेका थिए ।
त्यस्तै वि.सं. २०६८ माघ ९ गते कम्पनी रजिस्टारको कार्यालयमा विधिवत रूपमा दर्ता भई २०७० साल उद्योग सञ्चालनमा आएको हो । उद्योगमा साविक गोबरडिहा गाविसकाका १३ वटा सामुदायिक वन समुहहरू।आवद्ध रहेका छन् । उद्योगले हाल ५ जना पूर्णकालिन रोजगारी प्रदान गरेको छ । उद्योगले काठहरू चिरान र उपभोक्ताहरूको माग अनुसार ढोका,झ्याल,चौकस र दराज,पंलङ्ग,टेबुल,कुर्सी, सोफा सेट लगायतका फर्निचरहरु निर्माण गर्दै आईरहेको छ ।
