
Rgp
Sgr
Djs
Rgp1
Pes
Lnp
Unsku
Ggp
Pbu
Ses
pku
Srbpu
cjs
Gfs

Rsb
Rgu
Asm
Vor
Sbs
Bbbpu
Sls
Rgs
nsb
Ggd
Wsp
Rgu
Gst
Pvg
Tsm
Ssm
Bbu
Hal
Ksm

Rmb
Pls
Ptm
bbt
Abd
Gsb
Rpp
Syp
Jmb
Bml
sab
Jmb
Mks
सुर्खेत । लोपोन्मुख फिरन्ते राउटे समुदायका युवा- युवतीहरुलाई प्राथमिक उपचारसम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ ।
तालिममा सीमान्तकृत राउटे समुदायका आठ जना युवती र सात जना युवा सहभागी रहेका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत,दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको अहिले कूल जनसङ्ख्या एक सय ३३ मात्रै छ । अस्वस्थ जीवनशैली तथा जाँडरक्सीका कारण उनीहरुको जनसङ्ख्या घट्दै गएको छ ।
त्यस्तै अहिले सुर्खेतको लेकबेँसी नगरपालिका–७ मा रहेको जङ्गल क्षेत्रमा बसोबास गरिरहेका छन् । सहभागीलाई नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका स्वास्थ्यकर्मीले प्रयोगात्मक अभ्यासमार्फत प्राथमिक उपचारका आधारभूत सीप सिकाउने नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यले जानकारी दिए । उनका अनुसार तालिमपछि चोटपटक वा आकस्मिक स्वास्थ्य समस्या देखिँदा अस्पताल लैजानुअघि प्राथमिक उपचार गर्न सक्ने हुने अपेक्षा गरिएको छ ।
कर्णाली प्रदेश सरकारका सामजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशको पहिचानका रूपमा अस्तित्वमा रहेको राउटे समुदायको संरक्षण सबैको साझा दायित्व भएको बताए । उनले कुनै समय ‘पैसा छोए पाप लाग्छ’ भन्ने विश्वास राख्ने राउटे समुदायका युवायुवतीले आधुनिक स्वास्थ्योपचार प्रति देखाएको चासोले सकारात्मक परिवर्तनको सङ्केत गरेको छ ।
यस्तै कार्यक्रममा दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले राउटे समुदायलाई परिचयपत्र वितरणसँगै सामाजिक सुरक्षा भत्ता उपलब्ध गर्दै आएको बताए । राउटे समुदायका नागरिकलाई नागरिकता प्रदान गर्न पालिकाले पहल थालेको र प्रस्ताव जिल्ला प्रशासन कार्यालयमा पुगिसकेको समेत उनले जानकारी दिए ।
त्यस्तै राउटे समुदायको जीविकोपार्जन सुधारका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कार्यकारी निर्देशक हिरासिं थापाले पछिल्लो समय राउटे युवाहरु आधुनिक चिकित्सासम्बन्धी उपचारप्रति विश्वास गर्न थालेकाले प्राथमिक उपचार तालिम सञ्चालन गरिएको जानकारी दिए ।
यस्तै परम्परागत घरेलु उपचारका कारण जटिल स्वास्थ्य समस्या देखिन थालेकाले नयाँ पुस्तालाई आधुनिक उपचार पद्धतिबारे जानकारी दिन तालिमले सहयोग पुर्याउने अपेक्षा गरिएको उनले बताए ।
