
Unsku
Ggp
Pbu
Lnp
Srbpu
Djs
Rgp
cjs
Pes
Gfs
pku
Sgr
Ses
Rgp1

Bbbpu
Ssm
Rgu
Tsm
Rgu
Sls
Vor
Sbs
Ksm
Rsb
Wsp
Bbu
Hal
Ggd
Gst
Asm
Rgs
Pvg
nsb

Pls
Mks
Jmb
sab
Jmb
Rmb
Syp
Bml
Ptm
Rpp
Gsb
bbt
Abd
दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गढवाको आयोजनामा ३५औं स्थापना दिवसको अवसरमा गढवा गौशाला तथा स्थानीय प्रजातिको गाई संरक्षण केन्द्रलाई आवश्यक सामग्री सहयोग गरिएको छ ।
मंगलबार प्याब्सन गढवाका अध्यक्ष विकास रजौरेको नेतृत्वमा गढवा गाउँपालिका–६ मनिकापुरस्थित गौशाला तथा स्थानीय प्रजातिको गाई संरक्षण केन्द्रमा पुगेर गौ माताको संरक्षण तथा सेवा गर्ने उद्देश्यसहित आवश्यक सामग्री वितरण गरिएको हो।
प्याब्सन गढवाले ३ हजार ८ सय २५ रुपैयाँ बराबरको ८५ किलो ब्रान, ८ सय ५० रुपैयाँको ५० किलो कालो नुन र २ हजार ५ सय रुपैयाँ बराबरको १० लिटर क्याल्सियम गरी ७ हजार १ सय २५ रुपैयाँ बराबरका सामग्री गौशालालाई दान गरेको जनाएको छ।
कार्यक्रममा बोल्दै प्याब्सन गढवाका अध्यक्ष विकास रजौरेले सामाजिक उत्तरदायित्व अन्तर्गत गौ संरक्षणमा सहयोग गरिएको बताउँदै भने, “प्याब्सन केवल शैक्षिक संस्थाको छाता संगठन मात्र होइन, समाजप्रति उत्तरदायी संस्था पनि हो । ३५औं स्थापना दिवसलाई स्मरणीय बनाउँदै गौ माताको संरक्षणमा सानो भए पनि योगदान दिन पाउँदा खुशी लागेको बताउनु भयो। साथै अध्यक्ष रजौरेले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।”
गढवा गौशाला तथा स्थानीय प्रजातिको गाई संरक्षण केन्द्रका अध्यक्ष प्रेम बहादुर घर्तीले प्याब्सन गढवाको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भने “गौशालामा रहेका गाईहरूको संरक्षण र स्याहार–सम्भारमा यस्ता सहयोग अत्यन्तै उपयोगी हुने बताए । प्याब्सन गढवाले स्थापना दिवसको अवसरमा गरेको यो सहयोग प्रेरणादायी छ, यसले अन्य संघसंस्थालाई पनि सामाजिक कार्यमा जोडिन हौसला प्रदान गर्नेछ।” अध्यक्ष घर्तिले बताए ।
गौ मातालाई आवश्यक सामग्री वितरण कार्यक्रममा प्याब्सन गढवाका सचिव थानेश्वर न्यौपाने, सदस्यहरु अमरराज शर्मा र कृष्ण थापा,गौशालाकी व्यवस्थापक रिमा पुन लगायतको उपस्थिति रहेको थियो ।
