आलोक भाबुक/गढवा बुधबार, पुष २३, २०८२

दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गढवाको आयोजनामा ३५औं स्थापना दिवसको अवसरमा गढवा गौशाला तथा स्थानीय प्रजातिको गाई संरक्षण केन्द्रलाई आवश्यक सामग्री सहयोग गरिएको छ ।

मंगलबार प्याब्सन गढवाका अध्यक्ष विकास रजौरेको नेतृत्वमा गढवा गाउँपालिका–६ मनिकापुरस्थित गौशाला तथा स्थानीय प्रजातिको गाई संरक्षण केन्द्रमा पुगेर गौ माताको संरक्षण तथा सेवा गर्ने उद्देश्यसहित आवश्यक सामग्री वितरण गरिएको हो।

प्याब्सन गढवाले ३ हजार ८ सय २५ रुपैयाँ बराबरको ८५ किलो ब्रान, ८ सय ५० रुपैयाँको ५० किलो कालो नुन र २ हजार ५ सय रुपैयाँ बराबरको १० लिटर क्याल्सियम गरी ७ हजार १ सय २५ रुपैयाँ बराबरका सामग्री गौशालालाई दान गरेको जनाएको छ।

कार्यक्रममा बोल्दै प्याब्सन गढवाका अध्यक्ष विकास रजौरेले सामाजिक उत्तरदायित्व अन्तर्गत गौ संरक्षणमा सहयोग गरिएको बताउँदै भने, “प्याब्सन केवल शैक्षिक संस्थाको छाता संगठन मात्र होइन, समाजप्रति उत्तरदायी संस्था पनि हो । ३५औं स्थापना दिवसलाई स्मरणीय बनाउँदै गौ माताको संरक्षणमा सानो भए पनि योगदान दिन पाउँदा खुशी लागेको बताउनु भयो। साथै अध्यक्ष रजौरेले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।”

गढवा गौशाला तथा स्थानीय प्रजातिको गाई संरक्षण केन्द्रका अध्यक्ष प्रेम बहादुर घर्तीले प्याब्सन गढवाको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भने “गौशालामा रहेका गाईहरूको संरक्षण र स्याहार–सम्भारमा यस्ता सहयोग अत्यन्तै उपयोगी हुने बताए । प्याब्सन गढवाले स्थापना दिवसको अवसरमा गरेको यो सहयोग प्रेरणादायी छ, यसले अन्य संघसंस्थालाई पनि सामाजिक कार्यमा जोडिन हौसला प्रदान गर्नेछ।” अध्यक्ष घर्तिले बताए ।

गौ मातालाई आवश्यक सामग्री वितरण कार्यक्रममा प्याब्सन गढवाका सचिव थानेश्वर न्यौपाने, सदस्यहरु अमरराज शर्मा र कृष्ण थापा,गौशालाकी व्यवस्थापक रिमा पुन लगायतको उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]