
cjs
Ses
Rgp
Gfs
Srbpu
Unsku
Djs
Pbu
Ggp
pku
Lnp
Sgr
Rgp1
Pes

Bbbpu
Rgu
Sls
Asm
Bbu
Rgs
Gst
nsb
Tsm
Wsp
Rgu
Ksm
Vor
Sbs
Hal
Ssm
Ggd
Pvg
Rsb

bbt
Pls
sab
Syp
Rpp
Gsb
Mks
Jmb
Rmb
Ptm
Jmb
Bml
Abd
सल्यान । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सल्यान जिल्लामा एक लाख ६२ हजार बढी मतदाता कायम भएका छन् ।
निर्वाचन आयोगले सल्यानका एक लाख ६२ हजार चार सय ४९ जनाले मतदान गर्न पाउने जनाएको छ । यो संख्या प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा भएको चुनावको तुलनामा चार हजार सात सय ४९ ले बढी हो । अघिल्लो पटकको निर्वाचनमा जिल्लाभर एक लाख ५७ हजार सात सय एक मतदाता थिए ।
त्यस्तै आगामी निर्वाचनका लागि जिल्लाभर ८३ हजार तीन सय २१ पुरुष र ७९ हजार एक सय २८ महिला मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी धीरेन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा धेरै शारदा नगरपालिकामा २४ हजार आठ सय १८ मतदाता रहेका छन् भने सबैभन्दा कम सिद्धकुमाख गाउँपालिकामा आठ हजार आठ सय ४८ रहेका छन् ।
यस्तै बागचौर नगरपालिकामा २३ हजार एक सय २६, बनगाड कुपिण्डे नगरपालिकामा २२ हजार ५९,कपुरकोट गाउँपालिकामा १२ हजार दुई सय २५, कालीमाटी गाउँपालिकामा १५ हजार पाँच सय ५३, कुमाख गाउँपालिकामा १५ हजार तीन सय ३७, छत्रेश्वरीमा १६ हजार एक सय ३७, त्रिवेणी गाउँपालिकामा ११ हजार पाँच सय ५९ र दार्मा गाउँपालिकामा १२ हजार चार सय ९७ मतादाता कायम भएका छन् । ‘अघिल्लो निर्वाचनको भन्दा यस पटकको निर्वाचनमा मतदाताको संख्या धेरै बढेको भए पनि मृत्यू भएका,दोहोरोपना भएका, नागरिकता त्यागेकाको संख्या घटाउँदा मतदाता थोरै बढेको देखिन्छ’– निर्वाचन अधिकारी भण्डारीले भने-‘अधिकांश युवापुस्ताले पनि मतदाता नामावलीमा नामदर्ता गराउनुभएको छ तर फागुन २० गतेसम्म मतदान गर्न योग्य उमेर पुग्नेको मात्रै मताधिकार हुन्छ,अरुले मत दिन पाउँदैनन् ।’ यो बीचमा करिब २२ सय मतदाताको नाम सूचीबाट हटाइएको उनको भनाइ छ ।
त्यस्तै आगामी निर्वाचनका लागि जिल्लामा मतदान केन्द्र समेत थप भएका छन् । अघिल्लो निर्वाचनमा जिल्लाभर दुई सय दुई मतदान केन्द्र रहेकोमा यस पटक भने तीनवटा केन्द्र थपेर दुई सय पाँच पुगेका छन् । मतदानस्थल भने एक सय १७ वटा नै कायम भएका छन् । यस पटक छत्रेश्वरी गाउँपालिकाको त्रिभुवन जन माध्यमिक विद्यालय लेखचौरपानी,सिद्ध कुमाख गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छापडाँडा र बनगाड कुपिण्डे नगरपालिकाको आधारभूत विद्यालय आगरनेटामा मतदान केन्द्र थपिएको हो ।
यस्तै मतदाता नामावली ऐन, २०७३ को दफा ३० बमोजिम अस्थायी मतदाता नामावली तयार गर्नका लागि निर्वाचन आयोगबाट निर्धारण भए बमोजिम सल्यान जिल्लामा माघ १८ गतेसम्म नामावली संकलन हुने जिल्ला निर्वाचन कार्यालयको भनाइ छ । सबै कार्यालयमा कार्यरत कर्मचारी,सुरक्षाकर्मी, थुनुवा,कैदीलगायतको अस्थायी मतदाता नामावली संकलन गरिनेछ । अस्थायी मतदाता जुन जिल्लामा सेवारत छन् सोही जिल्लाबाट समानुपातिकतर्फ मतदान गर्न पाउनेछन् । सोही अनुसार जिल्लामा सेवारत अन्य जिल्लाका मतदाताहरूलाई लक्षित गरेर जिल्लामा पनि अस्थायी मतदाता नामावली संकलन शुरु भएको छ । यस्तै ३७ प्रकारका निर्वाचन सामग्री खरिदको तयारी शुरु भएको छ भने निर्वाचन तथा मतदाता शिक्षालगायतका कार्यक्रम अघि बढाउने योजना छ । हाल मतदानस्थलको निरीक्षण, अनुगमनलगायतका कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।नयाँयुगबोध
