
Lnp
Djs
cjs
pku
Unsku
Sgr
Pes
Rgp
Rgp1
Ggp
Gfs
Ses
Pbu
Srbpu

Rgu
Sls
Rsb
Tsm
Ssm
Pvg
Rgu
nsb
Gst
Asm
Ksm
Bbu
Rgs
Ggd
Hal
Wsp
Vor
Sbs
Bbbpu

Jmb
bbt
Gsb
Rpp
Rmb
Pls
Bml
Abd
Jmb
Syp
Mks
sab
Ptm
सल्यान । सल्यानमा एक हप्तादेखि हराइरहेकी एक महिला मृत फेला परेको प्रहरीले जनाएको छ । कपुरकोट गाउँपालिका वडा नम्बर–४ निवासी ७१ वर्षीया कृष्णी घर्ती आइतबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
त्यस्तै उनका छोरा गोपाल घर्ती र अन्य गाउँलेहरुले खोजतलासका क्रममा कपुरकोट–४ खामे लेकको थर्कोट नजिकमा फेला पारेको कपुरकोट–४ का वडाअध्यक्ष मित्र कठायतले जानकारी दिए ।
यहीँ पुस १४ गतेदेखि उनी घरबाटै हराएकोमा खोजीको क्रममा घरपरिवार र स्थानीयले भेटाएको वडाअध्यक्ष कठायतले बताए । प्रहरीका अनुसार मृतक कृष्णीको मानसिक अवस्था पहिलेदेखि नै ठिक नभएको बुझिएको छ । यद्यपी उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
