
pku
Srbpu
Ses
Ggp
Pes
Rgp
Gfs
Lnp
cjs
Rgp1
Pbu
Unsku
Djs
Sgr

Rsb
Rgu
Bbu
Hal
Sls
Ggd
Gst
nsb
Bbbpu
Wsp
Rgu
Ssm
Ksm
Vor
Rgs
Sbs
Tsm
Pvg
Asm

Abd
Rpp
Rmb
Bml
Mks
sab
bbt
Gsb
Jmb
Ptm
Pls
Jmb
Syp
काठमाडौँ । वैदेशिक रोजगारीका लागि यूके पठाइदिने र आकर्षक तलब दिलाउने प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेहरुमा प्युठान नगरपालिका–९ का ३९ वर्षीय इन्द्र बहादुर केसी,धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौँ महानगरपालिका–१५ का ३४ वर्षीय विजय गुरुङ रहेका छन् । पक्राउ परेकामध्ये इन्द्र र आइतेले ७ जना पीडितबाट १३ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।
यस्तै उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौँको गोंगबुबाट बिहीबार पक्राउ गरेको हो । त्यस्तै विजय गुरुङले एक जना पीडितबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेपछि उनलाई आइतबार काठमाडौँको कुलेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेका इन्द्र र आइतेलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने विजयलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
