
Ggp
Sgp
Rgp
Lks
Lnp
Rgp
Asb
Rgp
Dus
Ggp
ksb
Usb
Rgp
Jns
lnp

lms

काठमाडौँ । वैदेशिक रोजगारीका लागि यूके पठाइदिने र आकर्षक तलब दिलाउने प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेहरुमा प्युठान नगरपालिका–९ का ३९ वर्षीय इन्द्र बहादुर केसी,धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौँ महानगरपालिका–१५ का ३४ वर्षीय विजय गुरुङ रहेका छन् । पक्राउ परेकामध्ये इन्द्र र आइतेले ७ जना पीडितबाट १३ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।
यस्तै उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौँको गोंगबुबाट बिहीबार पक्राउ गरेको हो । त्यस्तै विजय गुरुङले एक जना पीडितबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेपछि उनलाई आइतबार काठमाडौँको कुलेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेका इन्द्र र आइतेलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने विजयलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
