
Rgp1
Gfs
Pes
Djs
Srbpu
Rgp
pku
Ggp
Sgr
Unsku
Ses
cjs
Pbu
Lnp

Vor
Bbbpu
Asm
Ggd
Bbu
Tsm
Gst
Sls
Pvg
Rgu
Hal
nsb
Ksm
Rgs
Wsp
Rgu
Rsb
Ssm
Sbs

Bml
Abd
Ptm
Rmb
Syp
Gsb
Jmb
Rpp
sab
bbt
Pls
Jmb
Mks
दाङ । देउखुरीको राप्ती गाउँपालिका–८ पिपरीमा रहेको प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा तिर्थराज ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।
शनिवार राप्ती गाउँपालिका–८ पिपरीमा भएको चौथो अधिवेशनबाट अध्यक्ष पदमा ज्ञवाली बाहेक कसैको पनि उम्मेदवारी नपरेपछि निर्वाचन समितिले ज्ञवालीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । ज्ञवाली यस अघि कार्यसमिति सचिव पदमा थिए । यसै गरि १ जना उपाध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षका लागि पत्रकार ओमप्रकाश गुप्ता र यस अघिकै उपाध्यक्ष नारायणी पोख्रेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक रामप्रसाद चौधरीले बताए । त्यस्तै १ जना सचिवका लागि ३ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै सचिव पदका लागि यमबहादुर चौधरी, चुमबहादुर बढा र गोपाल बसेलले उम्मेदवारी दर्ता गराएका छन् । १ जना कोषाध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा यस अघिकै कोषाध्यक्ष लुमबहादुर गुरुङ, मदन पोख्रेल र बिर्ख बहादुर महराले उम्मेदवारी दर्ता गराएका छन् । भने ५ जना सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक चौधरीले बताएका छन् । अध्यक्ष पद बाहेक अन्य सवै पदमा सहमती नजुटेपछि भोली विहान ११ बजे खानेपानीकै कार्यालयमा सहमतीका लागि उम्मेदवारहरुलाई बोलाएको निर्वाचन समितिले जानकारी दिएको छ ।
