
Rgp
Rgp
Lks
ksb
Rgp
Lnp
Jns
Ggp
Dus
lnp
Rgp
Ggp
Sgp
Usb
Asb

lms

दाङ । दाङ भ्याली यातायात प्रा.लि.घोराही शाखाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार घोराहीको बाह्रकुने दहमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले स्थानीय तहको एकल अधिकार भित्र तीन पाङ्ग्रे सवारी पर्ने भएकाले अब दर्ता,नवीकरण,रुट इजाजत लगायत नियमन र व्यवस्थापनको काम स्थानीय तहबाटै हुने बताए । उनले अटोहरुलाई पालिकामा दर्ता गर्न आह्वान समेत गरे ।
यस्तै संस्थाका अध्यक्ष महेन्द्र महराले तीन पाङ्ग्रे सवारी साधनलाई दोहोरो करको मारमा पार्ने नहुने बताए । अटो टेम्पोलाई प्रदेश र स्थानीय सरकार दुवैले आफ्नो क्षेत्राधिकार हो भन्दै कसैले पनि राजस्व लिन नछोड्ने हुँदा पहिले दुई वटा सरकारले यसको निष्कर्ष निकाल्नुपर्ने बताए । जहाँ भएपनि एक ठाउँमा कर तिर्न आफूहरु तयार रहेको उनको भनाइ थियो ।
सो अवसरमा शाखामा आबद्ध रहेका ९ जना उत्कृष्ठ चालकहरु र निजहरुको परिवारलाई विविध विधामा सम्मान गरिएको छ । संस्थाले जेष्ठ यातायात व्यवसायी पदम बहादुर रोका,उत्कृष्ठ महिला चालक गुडी पुनलाई सम्मन गरेको छ । सवारी दुर्घटना नगर्ने,ट्राफिक जरिवाना नपर्ने र अनुशासित उत्कृष्ठ चालकहरु आशिष चौधरी,बोध बहादुर चौधरी, भानुभक्त विष्ट,यग बहादुर मगर,रेश्मीराज घिमिरे, चन्द्र प्रसाद पाण्डेलाई सम्मान गरेको छ भने स्वर्गीय व्यवसायी विराज कुमार श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठलाई समेत एक कार्यक्रमका बीच ९ हजार नगद सहयोग सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका शाखा संयोजक बलजीत दमाईले वार्षिक प्रतिवेदन प्रस्तुत गएका थिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन,एनलजी इन्स्योरेन्स घोराहीका सहायक प्रबन्धक सन्तोष अधिकारीले आफ्नो भनाई राखेका थिए । अधिवेसनले ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा गरेको छ ।
जसको संयोजकमा पुनः बलजीत दमाई, सहसंयोजकमा वसन्त गुरुङ,सदस्यमा ओम बहादुर वली,गोवर्धन पोख्रेल,यज्ञ बहादुर नेपाली,लोकेन्द्र बहादुर थापा,नेत्र बहादुर कुमाल,कृष्ण आले र अमर बहादुर खत्रीलाई चयन गरिएको छ । शाखाको सल्लाहकारमा मोहन वहादुर खत्री र चन्द्र प्रसाद पाण्डे मनोनित भएका छन् । संस्थाका सल्लाहकार मोहन वहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शाखाका प्रेस सल्लाहकार पत्रकार हेमराज परिवर्तन गरेका थिए ।खोजरफ्तार
