
Ses
Ggp
Lnp
Rgp1
Pbu
cjs
pku
Srbpu
Sgr
Djs
Pes
Rgp
Unsku
Gfs

Bbu
Ssm
Rsb
Tsm
Rgu
nsb
Vor
Sbs
Wsp
Gst
Ksm
Rgs
Hal
Rgu
Pvg
Asm
Bbbpu
Sls
Ggd

Ptm
Rpp
Abd
Jmb
Bml
Syp
Jmb
Rmb
Gsb
Mks
sab
bbt
Pls
दाङ । दाङ भ्याली यातायात प्रा.लि.घोराही शाखाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार घोराहीको बाह्रकुने दहमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले स्थानीय तहको एकल अधिकार भित्र तीन पाङ्ग्रे सवारी पर्ने भएकाले अब दर्ता,नवीकरण,रुट इजाजत लगायत नियमन र व्यवस्थापनको काम स्थानीय तहबाटै हुने बताए । उनले अटोहरुलाई पालिकामा दर्ता गर्न आह्वान समेत गरे ।
यस्तै संस्थाका अध्यक्ष महेन्द्र महराले तीन पाङ्ग्रे सवारी साधनलाई दोहोरो करको मारमा पार्ने नहुने बताए । अटो टेम्पोलाई प्रदेश र स्थानीय सरकार दुवैले आफ्नो क्षेत्राधिकार हो भन्दै कसैले पनि राजस्व लिन नछोड्ने हुँदा पहिले दुई वटा सरकारले यसको निष्कर्ष निकाल्नुपर्ने बताए । जहाँ भएपनि एक ठाउँमा कर तिर्न आफूहरु तयार रहेको उनको भनाइ थियो ।
सो अवसरमा शाखामा आबद्ध रहेका ९ जना उत्कृष्ठ चालकहरु र निजहरुको परिवारलाई विविध विधामा सम्मान गरिएको छ । संस्थाले जेष्ठ यातायात व्यवसायी पदम बहादुर रोका,उत्कृष्ठ महिला चालक गुडी पुनलाई सम्मन गरेको छ । सवारी दुर्घटना नगर्ने,ट्राफिक जरिवाना नपर्ने र अनुशासित उत्कृष्ठ चालकहरु आशिष चौधरी,बोध बहादुर चौधरी, भानुभक्त विष्ट,यग बहादुर मगर,रेश्मीराज घिमिरे, चन्द्र प्रसाद पाण्डेलाई सम्मान गरेको छ भने स्वर्गीय व्यवसायी विराज कुमार श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठलाई समेत एक कार्यक्रमका बीच ९ हजार नगद सहयोग सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका शाखा संयोजक बलजीत दमाईले वार्षिक प्रतिवेदन प्रस्तुत गएका थिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन,एनलजी इन्स्योरेन्स घोराहीका सहायक प्रबन्धक सन्तोष अधिकारीले आफ्नो भनाई राखेका थिए । अधिवेसनले ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा गरेको छ ।
जसको संयोजकमा पुनः बलजीत दमाई, सहसंयोजकमा वसन्त गुरुङ,सदस्यमा ओम बहादुर वली,गोवर्धन पोख्रेल,यज्ञ बहादुर नेपाली,लोकेन्द्र बहादुर थापा,नेत्र बहादुर कुमाल,कृष्ण आले र अमर बहादुर खत्रीलाई चयन गरिएको छ । शाखाको सल्लाहकारमा मोहन वहादुर खत्री र चन्द्र प्रसाद पाण्डे मनोनित भएका छन् । संस्थाका सल्लाहकार मोहन वहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शाखाका प्रेस सल्लाहकार पत्रकार हेमराज परिवर्तन गरेका थिए ।खोजरफ्तार
