Sidha Patra आइतबार, पुष २०, २०८२

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा रहेको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २१ औैं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सनमकुमार पौडेलको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको साधारणसभामा बोल्दै प्रमुख अतिथि चौधरीले सहजरुपमा पानी वितरणका लागि स्थानीय सरकारले समेत सहकार्य गरिरहेको बताए ।

कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी, नेकपा एमालेका नगर अध्यक्ष रतनकुमार केसी,नेपाली कम्युनिष्ट पार्टीका दिलकुमार श्रेष्ठ, रास्वपाका बाबुराम खनाल,तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारी,घोराही खानेपानीका कोषाध्यक्ष ध्रुव केसी, देउखुरी उद्योग वाणिज्य संघका महासचिव हरिबहादुर थापा,टोल विकास संस्थाका अध्यक्ष ताराप्रसाद खनाल,पत्रकार दशरथ घिमिरे,उपभोक्ता पीताम्बर गैरे लगायतले शुभकामना मन्तब्य ब्यक्त व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले भविष्यमा पर्न सक्ने पानी संकटको समाधानका लागि अहिलेदेखि नै पानीको स्रोत संरक्षण र मितव्ययी प्रयोगमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनिहरुले स्वस्थ जीवनसंग जोडिएको पानी अति नै संवेदनशील क्षेत्र भएकाले भविष्यमा पर्न सक्ने पानी संकटको जोखिम टार्न अहिलेदेखि नै स्रोतको संरक्षण र पानीको सही सदुपयोगमा ध्यान दिनुपर्नेमा जोड दिइएका थिए ।

संस्थाकि उपाध्यक्ष शिवा चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको साधारणसभामा सचिव बसन्त आचार्यले वार्षिक प्रगति,कोषाध्यक्ष श्याम भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै विधान संशोधन उपसमितिका संयोजक मनिराम केसीले नयाँ प्रावधानहरुको बारेमा व्याख्या गरेका थिए ।

त्यस्तै उक्त संस्थासंग जोडिएका उपभोक्ताहरुको उल्लेखनीय सहभागितामा सम्पन्न भएको साधारणसभाको संचालन संस्थाका सचिव बसन्त आचार्यले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]