
Pbu
pku
Ses
Gfs
Sgr
Unsku
Rgp
Srbpu
Ggp
Lnp
Djs
cjs
Rgp1
Pes

Bbu
Ssm
Hal
Vor
Sls
Ggd
Ksm
Tsm
Pvg
Rgu
Wsp
Bbbpu
Gst
nsb
Sbs
Rgu
Asm
Rgs
Rsb

Bml
Pls
Ptm
Mks
Syp
Jmb
Gsb
bbt
Abd
Jmb
Rmb
Rpp
sab
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा रहेको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २१ औैं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सनमकुमार पौडेलको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको साधारणसभामा बोल्दै प्रमुख अतिथि चौधरीले सहजरुपमा पानी वितरणका लागि स्थानीय सरकारले समेत सहकार्य गरिरहेको बताए ।
कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी, नेकपा एमालेका नगर अध्यक्ष रतनकुमार केसी,नेपाली कम्युनिष्ट पार्टीका दिलकुमार श्रेष्ठ, रास्वपाका बाबुराम खनाल,तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारी,घोराही खानेपानीका कोषाध्यक्ष ध्रुव केसी, देउखुरी उद्योग वाणिज्य संघका महासचिव हरिबहादुर थापा,टोल विकास संस्थाका अध्यक्ष ताराप्रसाद खनाल,पत्रकार दशरथ घिमिरे,उपभोक्ता पीताम्बर गैरे लगायतले शुभकामना मन्तब्य ब्यक्त व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले भविष्यमा पर्न सक्ने पानी संकटको समाधानका लागि अहिलेदेखि नै पानीको स्रोत संरक्षण र मितव्ययी प्रयोगमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनिहरुले स्वस्थ जीवनसंग जोडिएको पानी अति नै संवेदनशील क्षेत्र भएकाले भविष्यमा पर्न सक्ने पानी संकटको जोखिम टार्न अहिलेदेखि नै स्रोतको संरक्षण र पानीको सही सदुपयोगमा ध्यान दिनुपर्नेमा जोड दिइएका थिए ।
संस्थाकि उपाध्यक्ष शिवा चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको साधारणसभामा सचिव बसन्त आचार्यले वार्षिक प्रगति,कोषाध्यक्ष श्याम भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै विधान संशोधन उपसमितिका संयोजक मनिराम केसीले नयाँ प्रावधानहरुको बारेमा व्याख्या गरेका थिए ।
त्यस्तै उक्त संस्थासंग जोडिएका उपभोक्ताहरुको उल्लेखनीय सहभागितामा सम्पन्न भएको साधारणसभाको संचालन संस्थाका सचिव बसन्त आचार्यले गरेका थिए ।

