
Rgp
lnp
Dus
Lnp
Ggp
Lks
Sgp
Usb
Rgp
Asb
Rgp
Rgp
ksb
Ggp
Jns

lms

दाङ । देउखुरीको लमहीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर –५,लठहवा निवासी २० वर्षीय रन्जित डाँगी र घोराही उपमहानगरपालिका –१२,निवासी २३ वर्षीय सन्दीप पहाडी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरुलाई पुस १९ गते बिहान करिब २ः१५ बजे लमही बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा लागूऔषध ट्रामाडोल ४२ फाइलमा ३७३ पिस क्याप्सुल बरामद गरेको जनाइएको छ ।
त्यस्तै पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
