
Sgr
Pbu
Ggp
Pes
Srbpu
Djs
Gfs
pku
Ses
Rgp1
Rgp
Lnp
cjs
Unsku

Wsp
Gst
Pvg
Sls
Sbs
nsb
Rgs
Rsb
Bbu
Asm
Ssm
Rgu
Tsm
Rgu
Ksm
Hal
Ggd
Bbbpu
Vor

Jmb
Rmb
Rpp
Pls
Gsb
Abd
Syp
Ptm
Jmb
bbt
Bml
sab
Mks
दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट युवा उम्मेदवार गगन वली ले उम्मेदवारी घोषणा गर्दै यस क्षेत्रका दीर्घकालीन चुनौतीलाई संसदको प्राथमिकतामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राजपुर–७ का स्थायी बासिन्दा वलीले आफ्नो चुनावी एजेन्डामा पूर्वाधार सुधार,नदी व्यवस्थापन, सीमा सडक विकास र दीर्घकालीन स्थानीय समस्या समाधानलाई केन्द्रबिन्दु बनाएका छन् ।
विश्लेषकहरुका अनुसार दाङ क्षेत्र नं. १ परम्परागत राजनीतिक हस्तक्षेप र अल्पकालीन योजना सीमितताका कारण अपेक्षित विकास हासिल गर्न सकेको छैन । वलीले आफूलाई युवा पुस्ताको आवाज र स्थानीय अनुभव भएको प्रतिनिधि भनेर प्रस्तुत गर्दै नयाँ दृष्टिकोण र परिणाममुखी नेतृत्वको आवश्यकता औंल्याएका छन् ।
प्रमुख चुनौतीहरु:
कालाकाटे–हाटबास हुलाकी सडक:वर्षौंदेखि स्तरोन्नति नभएकाले यातायात,स्वास्थ्य सेवामा पहुँच,व्यापार र आपूर्ति प्रभावित । सडकको अवस्थाले स्थानीय जीवनशैली र आर्थिक क्रियाकलापमा प्रत्यक्ष असर पारिरहेको छ।
राप्ती नदी र सहायक नदीहरुमा मोटरपुल अभाव:
वर्षायाममा आवतजावत असम्भव । बिरामी,विद्यार्थी र किसान सबैभन्दा बढी प्रभावित । सीमा नाका क्षेत्रको सडक अभाव: सीमा सुरक्षा, अन्तर्राष्ट्रिय व्यापार र स्थानीय सहर–ग्रामीण सम्पर्कमा बाधा पुर्याइरहेको छ ।
राप्ती नदीको कटान र बाढी:अस्थायी तटबन्धले दीर्घकालीन समस्या समाधान गर्न सकेको छैन । वैज्ञानिक र दीर्घकालीन योजना आवश्यक छ । विशेषज्ञहरूले टिप्पणी गरेका छन् कि यी चुनौती केवल भौतिक पूर्वाधारसँग सीमित छैनन् । यसले राजनीतिक प्रतिनिधित्व, नीति निर्माण र क्षेत्रीय विकास रणनीतिमा व्यापक प्रभाव पार्दछ । वलीले आफ्नो अभियानमा स्थानीय समुदायसँग प्रत्यक्ष संवाद,साझा एजेन्डा निर्माण,र युवा सहभागितालाई मुख्य आधार बनाउँदै समस्या समाधानको रणनीति अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नयाँ पुस्ताको सम्भावना
राजनीतिक विश्लेषकहरूका अनुसार,युवा उम्मेदवारले अनुभवसहितको स्थानीय दृष्टिकोण संसदमा पुर्याएमा दाङ क्षेत्र नं. १ का दीर्घकालीन समस्या समाधानमा उल्लेखनीय भूमिका खेल्न सक्छ । विशेषगरी नदी व्यवस्थापन,तटबन्ध मजबुतीकरण र पूर्वाधार सुधारका योजनाहरूले राष्ट्रिय नीति निर्माणमा दृष्टान्त प्रस्तुत गर्न सक्ने संभावना छ।
त्यस्तै उम्मेदवार वलीको दृष्टिकोणले संकेत गर्छ कि दाङ क्षेत्र नं. १ मा सुरक्षा,पूर्वाधार र दीर्घकालीन विकासका लागि युवा नेतृत्व अपरिहार्य छ । आगामी निर्वाचनले परम्परागत राजनीतिक शैली र नयाँ पुस्ताको दृष्टिकोणबीचको स्पष्ट प्रतिस्पर्धा देखाउने अपेक्षा समेत गरिएको छ ।
