
Unsku
Srbpu
Sgr
Rgp1
Pbu
Rgp
Ses
cjs
Djs
pku
Ggp
Lnp
Pes
Gfs

Sls
Tsm
nsb
Bbu
Vor
Asm
Ssm
Ksm
Rgu
Rgu
Gst
Hal
Bbbpu
Pvg
Ggd
Rgs
Wsp
Rsb
Sbs

Rmb
sab
Jmb
Abd
Gsb
Syp
Ptm
Rpp
Mks
Bml
bbt
Jmb
Pls
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आफ्नो आठौं गाउँसभाको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरि संचालन गरेको छ ।
राजपुर गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको सहकार्यमा पहिलोपटक संचालन गरिएको रक्तदान कार्यक्रमको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी र उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगी,सूचना प्रविधि अधिकृत शरद रेग्मी,२ नम्बर वडा सचिव रामभजन चौधरी,३ नम्बर वडा सचिव नेत्र मल्ल,सामाजिक सुरक्षा तथा पञ्जिका शाखा प्रमुख अनिल यादव,वडा नम्बर ३ का कार्यालय सहायक साधराम यादव,लमही आँखा अस्पतालद्वारा संचालित एकृकीत आँखा उपचार केन्द्र राजपुर- २ का ओय सुबिना पौडेल,युवा नेता सुबास पुन लगायत २० जनाले रक्तदान गरेका छन् भने उक्त कार्यक्रममा ५० जनालाई रक्तदान गराउने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए ।
उद्घाटन कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सुर्यप्रसाद चौधरी,सामाजिक विकास संयोजक तथा वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादव,सुशासन समितिका संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिर,वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर वली,लेखा समिति संयोजक तथा वडा नम्बर ७ का वडा सदस्य प्रमोद बस्नेत,कार्यपालिका सदस्य रिता बिक,ललिता बिक,वडा नम्बर १ का वडा सदस्य तुलसा मल्ल,वडा नम्बर ३ का वडा सदस्य द्वय झुपलाल वली,महेश यादव,कार्यपालिका सदस्य तथा वडा नम्बर ७ का वडा सदस्य सन्देश बिक,कृषि शाखा प्रमुख रिता भण्डारी लगायतको उपस्थित रहेको थियो ।
त्यस्तै सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको रक्तसंचार सेवा केन्द्र दाङ जिल्ला प्रमुख दिलिप न्यौपाने,वरिष्ठ प्राविधिक ठाकुर पौडेल,प्राविधिकहरु सिमा वली,मनिषा चन्द गोपी चौधरी लगायतको टिमले सहकार्य गरिरहेको छ ।


