
Ggp
Usb
Dus
Jns
Sgp
Rgp
Lks
lnp
Asb
Rgp
Ggp
Rgp
Lnp
Rgp
ksb

lms

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आफ्नो आठौं गाउँसभाको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरि संचालन गरेको छ ।
राजपुर गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको सहकार्यमा पहिलोपटक संचालन गरिएको रक्तदान कार्यक्रमको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी र उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगी,सूचना प्रविधि अधिकृत शरद रेग्मी,२ नम्बर वडा सचिव रामभजन चौधरी,३ नम्बर वडा सचिव नेत्र मल्ल,सामाजिक सुरक्षा तथा पञ्जिका शाखा प्रमुख अनिल यादव,वडा नम्बर ३ का कार्यालय सहायक साधराम यादव,लमही आँखा अस्पतालद्वारा संचालित एकृकीत आँखा उपचार केन्द्र राजपुर- २ का ओय सुबिना पौडेल,युवा नेता सुबास पुन लगायत २० जनाले रक्तदान गरेका छन् भने उक्त कार्यक्रममा ५० जनालाई रक्तदान गराउने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए ।
उद्घाटन कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सुर्यप्रसाद चौधरी,सामाजिक विकास संयोजक तथा वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादव,सुशासन समितिका संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिर,वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर वली,लेखा समिति संयोजक तथा वडा नम्बर ७ का वडा सदस्य प्रमोद बस्नेत,कार्यपालिका सदस्य रिता बिक,ललिता बिक,वडा नम्बर १ का वडा सदस्य तुलसा मल्ल,वडा नम्बर ३ का वडा सदस्य द्वय झुपलाल वली,महेश यादव,कार्यपालिका सदस्य तथा वडा नम्बर ७ का वडा सदस्य सन्देश बिक,कृषि शाखा प्रमुख रिता भण्डारी लगायतको उपस्थित रहेको थियो ।
त्यस्तै सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको रक्तसंचार सेवा केन्द्र दाङ जिल्ला प्रमुख दिलिप न्यौपाने,वरिष्ठ प्राविधिक ठाकुर पौडेल,प्राविधिकहरु सिमा वली,मनिषा चन्द गोपी चौधरी लगायतको टिमले सहकार्य गरिरहेको छ ।


