
Djs
Ggp
pku
Ses
cjs
Gfs
Lnp
Pbu
Rgp
Unsku
Pes
Srbpu
Rgp1
Sgr

Rsb
Tsm
Sbs
Ggd
Vor
Gst
Bbu
Wsp
Hal
Rgu
Bbbpu
Ksm
nsb
Ssm
Pvg
Sls
Rgu
Rgs
Asm

Jmb
Gsb
Rmb
Abd
Syp
Bml
Pls
Mks
Rpp
sab
Ptm
Jmb
bbt
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जबसम्म लगानीको वातावरण बन्दैन, तबसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्ने स्पष्ट गरेका छन् ।
लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएकाले यसलाई सरल,सहज र विश्वासयोग्य बनाउनुपर्ने उनको भनाइ छ । राष्ट्रिय औद्योगिक प्रदर्शनी,कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को बुटवलमा समापन गर्दै मुख्यमन्त्री आचार्यले लगानीको वातावरण मिलाउन नसकिए देशको उन्नति,समृद्धि र विकास सम्भव नहुने बताएका हुन् ।‘प्रदेश सरकारले लगानीको वातावरण बनाउने विषयलाई गम्भीर रुपमा बुझेको छ । उद्योगी व्यवसायीले भोग्ने समस्या समाधान गर्न प्रदेश सरकार सधैं तयार छ,’ उनले भने ।
मुख्यमन्त्री आचार्यले उद्योगी व्यवसायीको मनोबल कमजोर बनाउने काम संघीय सरकारले गरेको टिप्पणी गरे । तर,प्रदेश सरकारले भने सधैं उद्योगी र व्यवसायीको पक्षमा आवाज उठाउँदै आएको उनको भनाई छ । बिजुली कटौतीको विषयमा प्रदेश सरकारले पहिलोपटक खुलेर बोलेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री र अर्थमन्त्रीसमक्ष औपचारिक रूपमा ध्यानाकर्षण गराइएको जानकारी दिए । बुटवललाई आर्थिक हबको रुपमा विकास गर्न उद्योगी व्यवसायीको योगदान आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार सधैं उद्योगी व्यवसायीको पक्षमा उभिने स्पष्ट पारे । ‘उद्योगी व्यवसायीले भोग्ने कठिनाइ समाधान गर्न प्रदेश सरकार साथमै छ । सधैं अग्रणी मोर्चामा उभिएको छ,’उनले जोडदिदै भने ।
रुपन्देही उद्योग संघ बुटवलको आयोजनामा सञ्चालन भएको महोत्सवको समापन कार्यक्रम संघका अध्यक्ष कृष्ण पराजुलीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ,पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य विष्णु पन्थी,जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइ,बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्याल, रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष बाबुराम बोहोरा,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
महोत्सव पुस ३ गतेदेखि सुरु भएको थियो । महोत्सवमा स्वदेशी उद्योगबाट उत्पादित सामग्रीका ४५० वटा व्यावसायिक स्टल रहेका थिए । महोत्सव अवधिभर करिब ८ लाख दर्शकले अवलोकन गरेको र करिब ३० करोड रुपैयाँको कारोबार भएको समापन समारोहमा जानकारी गराइएको थियो । महासचिव सुमन बस्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव अशोक कवरले गरेका थिए ।
