
cjs
Lnp
Gfs
Rgp1
Unsku
Pbu
Djs
Sgr
Srbpu
Pes
pku
Ses
Rgp
Ggp

Rsb
Rgs
Ksm
Ggd
Hal
Rgu
nsb
Asm
Sls
Wsp
Sbs
Rgu
Ssm
Bbbpu
Bbu
Pvg
Gst
Tsm
Vor

Rmb
Jmb
Jmb
Mks
Ptm
Bml
Rpp
sab
Pls
Syp
Gsb
Abd
bbt
दाङ । गढवा गाउँपालिकाको उदाहरणीय काम,योजनाको सम्झौता गर्न पालिकाको सम्झौता टिम आज गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा वडा कार्यालयमा पुगेर सेवा प्रदान गरेको छ।
योजना सम्झौता गर्न सिंगो सम्झौता टिम वडा कार्यालयमा पुगेर सेवा दिदा आफुहरुलाई सहज भएकों धानखोला खेलमैदान व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष यज्ञ वहादुर वलीले बताए । एउटा सम्झौता गर्न हामी एक दिनभरी लाग्थ्यो तर सम्झौता गर्न पालिकाको टिम वडामा आएर सेवा दिंदा हामी अत्यन्त खुसी भएका छौं वलीले भने ।
त्यसैगरी वडा बाटै योजनाको सम्झौता गर्न पाउदा आफुहरु अत्यन्त हर्षित भएको बनघुस्री पश्चिम सिंचाई कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष माधव सिंह केसीले बताए । एउटा योजना गर्न गाउँपालिका धाउनु पर्थ्यो एक दिन खर्चिनु पर्ने वाध्यता थियो तर बिगत दुई सालदेखि गढवा गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता कार्यक्रम सुरु गरेदेखि आफुहरुलाई सहज भएको बताए ।
योजना सम्झौता गर्न गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल,योजना शाखा प्रमुख रेशमलाल शर्मा,प्राविधिक शाखा प्रमुख इन्जिनियर शेषमणी पौडेल,१ नं.वडाका सचिव मधुसूदन पौडेल,योजना शाखाकी बसन्ती चौधरी लगायतकको सिंगो टिम वडा कार्यालयमा पुगेर १७ योजनाको सम्झौता कार्य सम्पन्न गरेको छ । सम्झौता कार्यमा गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारी,वडा सचिव मधुसूदन पौडेल र अन्य कर्मचारीहरुको विशेष सहयोगको साथ सम्पन्न भएको छ ।
गढवा गाउँपालिकाको प्रशासनिक कार्यालय वडा नम्बर ६ गढवा बजारमा अवस्थित छ तर गढवा गाउँपालिका वडा नम्बर १,२ र ८ का पालिकाबासीलाई पालिका आउन एक दिन नै लाग्ने गर्छ सेवा ग्राहीलाई एउटा योजना सम्झौता गर्न कम्तीमा एक दिनको समय र आवतजावतका लागि रुपैयाँ खर्च हुने गर्थ्यो तर वडा कार्यालय बाट योजना सम्झौताको कार्य गर्दा सेवाग्राही लाई सहज हुने र एकै दिनमा काम सकिने भएकाले टाढा भएको वडामा वडा कार्यालयबाटै सम्झौताको कार्य गर्ने योजना बनाएको गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।
विशेषगरी,वडामा सेवा पुर्याउन गरिएको यो कार्यले योजना सम्झौताको प्रक्रिया छिटो,पारदर्शी र प्रभावकारी बनाएको अधिकृत पौड्यालले बताए । यसबाट दुर्गम क्षेत्रका सेवाग्राहीलाई पालिकाको कार्यालयसम्म आउनु पर्ने झन्झटबाट छुटकारा मिलेको छ-प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले भने ।
