
Pes
Pbu
Djs
Unsku
Rgp1
Srbpu
Rgp
Sgr
Ses
Lnp
Gfs
Ggp
cjs
pku

Tsm
Ssm
Rgs
Rgu
nsb
Asm
Rgu
Hal
Bbu
Vor
Sbs
Rsb
Sls
Gst
Bbbpu
Wsp
Ggd
Ksm
Pvg

Syp
sab
Mks
Jmb
Gsb
Bml
Pls
Rpp
bbt
Jmb
Rmb
Ptm
Abd
दाङ । लमही क्षेत्रलाई सफा,सुन्दर र व्यवस्थित बनाउने उद्देश्यसहित लमही नगरपालिकाले नगर क्षेत्रका सरोकारवाला,होटल तथा यातायात व्यवसायी,टोल विकास समिति,नागरिक अगुवा र सुरक्षा निकायसँग छलफल गरेको छ ।
छलफलका क्रममा नगरको सरसफाइ,सौन्दर्यीकरण र व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा सहभागी पक्षहरुले आ–आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
मंगलबार आज सरोकारवाला संगको बैठकले लोटिया सोता सफाई गर्ने,लोकल यातायातका साधनहरु (बस) प्रगन्ना अगाडीको खाली स्थानमा र लमही बस पार्कमा मात्र रोक्ने व्यवस्था मिलाउने, हरेक साधनमा डस्ट बिन राख्न लगाउने, अटो रिक्सा र अटो स्टेन्डको व्यवस्थापन गर्ने,स्थानीय उत्पादनको बिक्री वितरण गर्ने,अव्यवस्थित तथा घुमुवा व्यापारीहरुको उचित व्यवस्थापन गर्ने र बाह्य आयातित सामग्रीहरु विक्री वितरण गर्ने,अव्यवस्थित घुमुवा व्यापारीहरु माथि रोक लगाउने,टोल विकास संस्थाहरुमा विद्यार्थीहरुको समूह निर्माण गरी हरेक शनिबार टोल विकास संस्थाहरुको अगुवाईमा टोल सफाई अभियान संचालन गर्ने,सार्वजनिक शौचालयहरु थप गर्ने,अनावश्यक पर्चा पम्पलेटहरु टाँस्न नदिने,डिजिटल बोर्ड मार्फत सचेतनामूलक सन्देशहरु प्रशारण गर्ने,यहि पुस २० गतेदेखि बजार क्षेत्रको सरसफाई नियमित गर्ने र नाला वा सो भन्दा बाहिर सडकमा राखेका सरसामानहरु नियन्त्रण तथा जफत गर्ने सुरु गरिने भएको छ ।
बैठकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी,प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी,देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डे,अस्थायी ट्राफिक प्रहरी लमहीका प्रहरी प्रमुख महादेव भट्ट,लमही होटल व्यवसायी समितिका अध्यक्ष नारायण भुसाल,अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजाल, यातायात व्यवसायी गोवर्धन सापकोटा, जगेन्द्र खाम, कुमार भट्टराई,पत्रकारहरु,विभिन्न टोल विकास समितिका अध्यक्षहरु,लगायतका सरोकारवालाहरुको उपस्थितिमा यो प्रतिबद्धता गरिएको हो ।

