
Sgr
Srbpu
Unsku
pku
Pbu
Ses
Djs
Lnp
cjs
Gfs
Rgp
Pes
Rgp1
Ggp

Sls
Vor
Rgs
Ksm
Bbbpu
Ggd
Asm
Bbu
Gst
Sbs
Rgu
Hal
Rgu
Wsp
nsb
Rsb
Tsm
Ssm
Pvg

Rpp
Bml
bbt
sab
Gsb
Syp
Pls
Jmb
Mks
Abd
Rmb
Ptm
Jmb
दाङ । काठमाडौंबाट चोरी गरी ल्याएको ६४ लाख ८१ हजार रकमसहित तुलसीपुरका एक युवक पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका २४ वर्षीय दुर्गाबहादुर केसीलाई प्रहरीले मंगलबार बिहान घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुली नेतृत्वको टोलीले केसीको गोलौरास्थित घरमा गएर खानतलासी गरेको थियो। खानतलासी गर्ने क्रममा ठूलो परिमाणमा नगद नोटहरु फेला परेपछि प्रहरीले ती गन्नका लागि मेसिन लगेको थियो।
पेशाले प्लमर दुर्गाबहादुर सोमबार बेलुका मात्रै काठमाडौंबाट गोलौरास्थित घर आएका थिए। जसले त्यो रकम काठमाडौं विशाल नगरस्थित डिसहोम फाइबर नेटका सञ्चालकको घरबाट चोरी गरेका थिए।
सिसिटिभी फुटेजमा रकम चोरी गर्दै गरेका दुर्गा बहादुरको भिडिओ कैद थियो। त्यही भिडिओको आधारमा प्राप्त गोप्य सूचनापछि राति नै प्रहरी दुर्गा बहादुरको घर पहिचानमा लागेको थियो। दुर्गा बहादुरको घर यकिन गरिसकेपछि प्रहरी रातभर घरभन्दा केही टाढा सुटुक्क निगरानी गर्दै बसेको थियो।
मंगलरबार बिहान प्रहरीले दुर्गाबहादुरको घर खानतलासी गरेको थियो। त्यस क्रममा ठूलो परिमाणमा लुकाइछिपाइ राखेको नगद रकम फेला परेपछि प्रहरीले ती नोट गन्न बजारबाट मेसिन लगेको थियो। तर, विद्युत भोल्टेजका कारणले गर्दा मेसिन राम्रोसँग नचलेपछि प्रहरी हातैले गनेर ६४ लाख ८१ हजार रहेको पाएको थियो।
प्रहरीले दुर्गा बहादुरलाई अहिले नियन्त्रणमा लिएर इप्रका तुलसीपुरमा पुर्याएको छ ।सेतोपाटी
