
pku
Unsku
Lnp
Srbpu
Ggp
Djs
Rgp
Rgp1
Sgr
Pbu
Pes
Ses
cjs
Gfs

Sbs
Sls
Rsb
Ssm
Asm
Bbbpu
Hal
Gst
nsb
Rgs
Bbu
Pvg
Wsp
Tsm
Vor
Ksm
Rgu
Rgu
Ggd

Bml
Abd
Rpp
Syp
Mks
Rmb
Ptm
Pls
bbt
Jmb
Jmb
Gsb
sab
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तमु ल्होसार पर्वले आपसी भाइचारा, सद्भाव र बन्धुत्वको भावना मजबुत बनाउँदै मौलिक भाषा,संस्कृति र पहिचानको संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन् ।
गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले यस्ता मौलिक पर्वहरूले विविधतामा एकता भन्ने साझा मूल्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश भूगोलको हिसाबले मात्र नभई भाषा,संस्कृति,कला र सभ्यताका दृष्टिले पनि विविधतायुक्त प्रदेश भएको उल्लेख गरेका छन् । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा मनाइने तमु ल्होसारजस्ता पर्वहरूले सबै नेपालीबीच सहिष्णुता,आपसी सम्मान र सामाजिक एकतालाई बलियो बनाउने उनको भनाइ छ ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले भाषा, संस्कृति,सभ्यता र लिपिहरूको संरक्षण तथा प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन् । प्रदेशभित्र रहेका सबै भाषा र सांस्कृतिक पहिचानको संरक्षणका लागि आवश्यक नीतिगत व्यवस्था गर्न भाषा ऐन निर्माणका विषयमा छलफल अगाडि बढाइएको पनि उनले स्पष्ट पार्नुभएको छ । सबै धर्म, संस्कृति,परम्परा र सांस्कृतिक अभ्यासलाई समान दृष्टिकोणका साथ सम्मान गर्ने नीति प्रदेश सरकारको स्पष्ट प्रतिबद्धता रहेको उनले उल्लेख गरेका छन् ।
मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमार्फत आर्थिक तथा सामाजिक रुपमा समृद्ध प्रदेश निर्माण गर्न सकिने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अघि सारेको ‘समृद्ध लुम्बिनी,खुसी नागरिक’ को लक्ष्य हासिल गर्न तमु ल्होसार पर्वले सबैमा नयाँ उत्साह, ऊर्जा र प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । शुभकामना सन्देशमार्फत मुख्यमन्त्री आचार्यले तमु समुदायसहित सम्पूर्ण प्रदेशवासीको सुख,शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
