
Sds
Anm
Mbdvs
Gisld
gst
Gmk
mbd
Pbu
Ksm
Rbs

Pvg
Rgs
Ssm
Asm
Bbu
Rsb
Vor
Sbs
Gst
Rgu
Ggd
Ksm
Sls
Bbbpu
nsb
Tsm
Rgu
Wsp
Hal

sab
Gsb
Abd
Syp
Jmb
bbt
Bml
Ptm
Rmb
Rpp
Jmb
Pls
Mks
दाङ । नेशनल प्याब्सन दाङ जिल्लाले आयोजना गरेको पाँचौँ बृहत खेलकुद कार्यक्रम सोमबारदेखि तुलसीपुरस्थित अरनिको मैदानमा औपचारिक रुपमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन नेशनल प्याब्सनका केन्द्रीय महासचिव प्रकाश चन्द्र खड्काले गरेका हुन् ।
जिल्ला अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा केन्द्रीय महासचिव खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको हो । उद्घाटन मन्तव्यका क्रममा महासचिव खड्काले बालबालिकाको सर्वाङ्गीण विकासका लागि किताबी ज्ञान मात्र पर्याप्त नहुने उल्लेख गर्दै व्यवहारिक शिक्षा,खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई शिक्षाको अभिन्न अङ्गका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
खेलकुद कार्यक्रममा नेशनल प्याब्सनमा आबद्ध १३ वटा विद्यालयको सहभागिता रहेको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत छात्रछात्रातर्फ १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड प्रतियोगिता हुने आयोजकले जनाएको छ । त्यसैगरी छात्रछात्रा दुवैका लागि सटपुट, ज्याब्लिन थ्रो,हाइजम्प,लङजम्प र ट्रिपल जम्पका प्रतियोगिता आयोजना गरिनेछ । साथै १०० र ४०० मिटर रिले दौड, आधारभूत तहको फुटसल तथा भलिबल प्रतियोगिता पनि कार्यक्रमअन्तर्गत समावेश गरिएको छ ।
तुलसीपुर नगर अध्यक्ष लोकेन्द्र खड्काको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण जिल्ला सचिव हरि प्रसाद भण्डारीले गरेका थिए ।
