Sidha Patra आइतबार, पुष १३, २०८२

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गरेको छ ।

प्रहरीले नेता शेखलाई पार्टीको कार्यक्रमका लागि कपिलवस्तु जाने क्रममा दाङ जिल्लाको अमिलियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिए ।

उनलाई नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी इकाई,बालुवाटार काठमाडौँबाट प्राप्त जाहेरीका आधारमा दर्ता भएको मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाउन डुडुवा गाउँपालिका वडा नम्बर ६ सुब्बापुर्वाका ४० वर्षीय नेता शेखलाई पक्राउ गरिएको हो ।

प्रहरी नायब उपरीक्षक पातलीका अनुसार अनुसन्धानका क्रममा चार करोड ९२ लाख ८४ हजार २९६ रुपियाँ बराबरको शङ्कास्पद हुन्डीमार्फत अवैध आर्थिक कारोबारगरेको देखिएको छ । केवाईसी विवरणमा उल्लेख गरिएको अनुमानित वार्षिक आम्दानी र वास्तविक कारोबार बिच ठूलो अन्तर देखिएपछि उक्त गतिविधि हुन्डी तथा सम्पत्ति शुद्धिकरण (मनी लाउन्ड्रिङ) सँग सम्बन्धित हुनसक्ने आशङ्कामा थप छानबिन आवश्यक ठानिएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही मुद्दामा कोहलपुर नगरपालिका वडा नम्बर १४ का विष्णु खटिकसमेत संलग्न रहेको आशङ्कामा समानान्तर रुपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अध्ययनका क्रममा दुवै जनाको बैंक खातामा ठूलो रकमको टर्नओभर देखिएको र खातामा जम्मा हुने नगदै रकम तुरुन्तै विद्युतीय माध्यमबाट विभिन्न व्यक्ति एवम् संस्थाहरुमा रकमान्तर हुने गरेको फेला परेको प्रहरीको भनाइ छ ।

यस्तै पक्राउ परेका शेष यसअघि जनमत पार्टीमा संलग्न थिए । उनले गत प्रतिनिधिसभाको निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवारी समते दिएका थिए । यस पटक शेषले राष्ट्रिय जनमत पार्टी खोलेर त्यसको नेता बनेर बाँके क्षेत्र नम्बर २ बाट फेरी पनि निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा लागेको बताईएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]