
Rgp
Lnp
Usb
Asb
Dus
Rgp
Lks
Sgp
Ggp
lnp
ksb
Ggp
Rgp
Rgp
Jns

lms

दाङ । सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीको अध्यक्षमा कैलाश रोका मगर चयन भएका छन् ।
केन्द्रको शनिबार घोराहीमा भएको १८औँ साधारणसभा तथा १०औँ अधिवेशनबाट रोकाको अध्यक्षतामा सर्वसहमत नयाँ कार्यसमिति चयन गरिएको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा माया पोख्रेल, सचिवमा के.बी.घर्ति,कोषाध्यक्षमा सरस्वती सुवेदी र सहसचिवमा मनिराज आचार्य (मौसम) चयन भएका छन् । अधिवेशनबाट सदस्यहरुमा जीवन वली,अमर डाँगी,देवीराम न्यौपाने,खुमा खड्का,धना जिसी, सनत गिरी,माधव खनाल र निरञ्जन गहतराज रहेका छन् ।
त्यस्तै केन्द्रको सल्लाहकारमा पूर्व अध्यक्षहरु रहने व्यवस्था गरिएको छ ।
