
mbd
Gmk
Gisld
Sds
Rbs
Ksm
Pbu
Mbdvs
gst
Anm

Gst
Sbs
Rgs
Bbbpu
Bbu
Rgu
Ksm
Asm
Sls
Pvg
Ggd
nsb
Tsm
Rgu
Ssm
Wsp
Vor
Rsb
Hal

Syp
bbt
Ptm
Gsb
Pls
Bml
Abd
Jmb
Mks
Rpp
Jmb
Rmb
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर –१ पाखापानीमा शनिबार सम्पन्न मेन्स डबल्स (सी लेभल) ब्याडमिन्टन खेलकुद प्रतियोगिता–२०८२ मा भुप बहादुर राना र राजु नेपालीको समूह विजयी भएको छ।
बा.मा. खेलकुद हलको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राना–नेपाली समूहले उपाधि हात पारेको हो । त्यस्तै प्रतियोगितामा बासु चौधरी र चेतन सारुको समूह उपविजेता बनेको छ ।
विजेता तथा उपविजेता समूहलाई राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र हलका सञ्चालक केशव गुरुङले क्रमशः १० हजार र ६ हजार रुपैयाँ नगदसहित कप,मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित विष्णु कार्कीलाई नगद २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
पुरस्कार वितरण समारोहमा बोल्दै अध्यक्ष विष्टले खेलकुदले युवालाई अनुशासित,स्वस्थ र सकारात्मक दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । “युवालाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता प्रतियोगिताहरु आवश्यक छन् । राप्ती गाउँपालिका खेलकुदको विकास र स्थानीय प्रतिभाको पहिचानका लागि निरन्तर साथ र सहयोग गर्न प्रतिबद्ध छ,” उनले भने । प्रतियोगितामा कुल २० समूहको सहभागिता रहेको थियो । स्थानीयस्तरमा खेलकुदको प्रवर्द्धन गर्दै स्वस्थ प्रतिस्पर्धाको संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक बा.मा. खेलकुद हलले जनाएको छ ।
