
Ggp
cjs
pku
Djs
Unsku
Rgp1
Ses
Gfs
Pbu
Sgr
Lnp
Pes
Srbpu
Rgp

Ksm
Rsb
Bbu
Pvg
Bbbpu
Wsp
Rgu
nsb
Rgu
Ggd
Ssm
Gst
Sbs
Tsm
Vor
Hal
Sls
Asm
Rgs

Rpp
bbt
Jmb
Abd
Gsb
Mks
Pls
sab
Syp
Rmb
Ptm
Bml
Jmb
दाङ । नेपाल घरेलु तथा साना उद्योग महासंघ राप्ती गाउँपालिका समितिको पहिलो साधारण सभा तथा अधिवेशन रामजहदी सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ ।
महासंघका अध्यक्ष भरतमणि आचार्यको अध्यक्षतामा तथा लुम्बिनी प्रदेश घरेलु तथा साना उद्योग महासंघका महासचिव नेगेन सिंह कवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि कवरले घरेलु तथा साना उद्योगको संरक्षण र प्रवर्द्धन अहिलेको मुख्य आवश्यकता रहेको बताए । उनले घरेलु उद्योगमार्फत रोजगारी सिर्जना,जीविकोपार्जन र देशलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे। महासचिव कवरले उद्योग दर्ता गर्दा पाँचभन्दा कम शाखा मात्र हुने अवस्था रहेको,नयाँ–नयाँ उद्योग थपिँदै गएपनि पुराना उद्योगको पर्याप्त विकास हुन नसकेको बताउँदै उद्यमीलाई संस्थागत रुपमा सशक्त बनाउन आवश्यक रहेको जोड दिए । “उद्यमी सशक्त र संस्थागत भए मात्र उद्योग व्यवसाय सफल हुन्छ,” उनले भने । विशिष्ट अतिथि जिल्ला घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख लभनसिंह अधिकारीले महासंघ वि.सं. २०४७ सालमा स्थापना भई गैरनाफामूलक उद्देश्यले क्रियाशील रहेको जानकारी दिए । उनले १५ करोड रुपैयाँभन्दा कम लगानीमा स्थापना हुने घरेलु तथा साना उद्योगले उत्पादनमार्फत देशको अर्थतन्त्रमा योगदान दिइरहेको उल्लेख गरे । ‘हिरा सानो भएपनि मूल्यवान् हुन्छ’ भन्ने उदाहरण दिँदै उनले स्वदेशी उत्पादन र उपभोग बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का,होटल व्यवसायी समिति दाङका अध्यक्ष सुमन्त प्रसाद भुसाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य बिजुली केसीले राखेकी थिइन् भने सञ्चालन महेश बेल्बासेले गरेका थिए ।
अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । उद्योग व्यवसायी तथा महिला उद्यमीहरुको उल्लेख्य सहभागितामा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको हो । त्यस्तै नव निर्वाचित अध्यक्ष भरतमणि आचार्य,वरिष्ठ उपाध्यक्ष गोकर्ण राना मगर,उपाध्यक्ष रामबहादुर सुनार, महासचिव महेश बेल्बासे,कोषाध्यक्ष बिसपुरा घर्ती मगर,महिला उद्यमी समिति अध्यक्ष बिजुली केसी,वरिष्ठ उपाध्यक्ष सुनसरी घर्ती मगर, उपाध्यक्ष छमिदेवी पुन मगर,सचिव इराधा झाक्री मगर,सदस्य सुन्ती बुढा मगर,विष्णु खनाल,डम्बर जिसि,केशव विश्वकर्मा, ज्ञानु थकाली,नव निर्वाचित कार्यसमितिले घरेलु तथा साना उद्योगको विकास, उद्यमीको हकहित संरक्षण तथा स्थानीय उत्पादन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
