
Pbu
Lnp
Unsku
cjs
Djs
Sgr
Ggp
Pes
Srbpu
pku
Gfs
Rgp
Ses
Rgp1

Tsm
Bbbpu
Wsp
Rgu
Ssm
Asm
Rsb
Vor
nsb
Pvg
Rgu
Rgs
Bbu
Hal
Ksm
Sbs
Gst
Ggd
Sls

Syp
Rpp
bbt
Pls
Rmb
Abd
Gsb
Ptm
Jmb
Mks
Bml
Jmb
sab
डडेल्धुरा । डडेलधुराको रामपुरमा अटो र जिप एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार राति साढे ८ बजे आलिताल गाउँपालिका वडा नम्बर –४ जाल्टुडामा म१च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भिनपा ००१ ह ०४०८ नम्बरको अटो ठोक्किँदा एक जनाको मृत्यु भएको हो।
परशुराम नगरपालिका–१० जोजलाका २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको हो । दुर्घटनामा अछामको पञ्चदेवल नगरपालिका–३ की २१ वर्षीया सविता थापामगर गम्भीर घाइते भएकी छन् ।
त्यस्तै उनको अवस्था गम्भीर भएपछि जोगबुडा अस्पतालबाट थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए ।
उक्त अटोमा चालकसहित तीन जना सवार थिए ।
दुर्घटनापछि अटो चालक गोपाल मगर फरार छन् । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । यस्तै जिपमा सवार तीनैजना सकुशल रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
