
Sgp
Rgp
Lnp
Lks
Rgp
Dus
Jns
Rgp
ksb
lnp
Rgp
Usb
Ggp
Asb
Ggp

lms

डडेल्धुरा । डडेलधुराको रामपुरमा अटो र जिप एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार राति साढे ८ बजे आलिताल गाउँपालिका वडा नम्बर –४ जाल्टुडामा म१च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भिनपा ००१ ह ०४०८ नम्बरको अटो ठोक्किँदा एक जनाको मृत्यु भएको हो।
परशुराम नगरपालिका–१० जोजलाका २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको हो । दुर्घटनामा अछामको पञ्चदेवल नगरपालिका–३ की २१ वर्षीया सविता थापामगर गम्भीर घाइते भएकी छन् ।
त्यस्तै उनको अवस्था गम्भीर भएपछि जोगबुडा अस्पतालबाट थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए ।
उक्त अटोमा चालकसहित तीन जना सवार थिए ।
दुर्घटनापछि अटो चालक गोपाल मगर फरार छन् । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । यस्तै जिपमा सवार तीनैजना सकुशल रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
