
Rgp
Unsku
Djs
Ggp
Rgp1
Pes
cjs
Sgr
Lnp
pku
Srbpu
Ses
Pbu
Gfs

Sbs
Pvg
Vor
Sls
Rgu
Tsm
Asm
Ssm
Wsp
Bbbpu
Bbu
Rgu
Ksm
Hal
Ggd
Gst
nsb
Rsb
Rgs

Rmb
Bml
Jmb
Ptm
sab
Rpp
Syp
Pls
Abd
Mks
Jmb
Gsb
bbt
दाङ । हाम्रो साझा अभियान, जेष्ठ नागरिक प्रती श्रद्धा र सम्मान भन्ने मुल नारा सहित यो वर्ष मनाउन लागिएको पाचौं राष्ट्रिय जेष्ठ नागरिक दिवस लमही नगरपालिकाले पनि मनाएको छ ।
यो दिवसका अवसर पारेर लमही नगरपालिकाले जेष्ठ नागरिक दिवसका अवसरमा लमही नगरपालिका १ सुनडबरीमा स्थित शृजनशिल वृद्ध आश्रममा आश्रय लिई रहेका २ जना वृद्धलाई सामाग्री प्रदान गरेको छ ।
सो आश्रममा लामो समयदेखि आश्रय लिईरहेका बेलमती भुसाल र पुरन चौधरीलाई ब्लायान्केट, एक / एक किलो हर्लिक्स, फलफुल प्रदान गरिएको हो ।
लमही नगरपालिकाले जेष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत सामाग्री वितरण गरेको छ । कार्यक्रमका अवसरमा नगर प्रमुख जोगराज चौधरीले असहाय तथा बेसहारा व्यक्तिहरूको सहारा बन्नु राज्यको दायित्व भएको बताएका छन् ।
सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले घरपरिवारबाट एक्लिएका तथा घरबारविहीन अवस्थामा पुगेका जेष्ठ नागरिकहरुलाई सबैले मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले जेष्ठ नागरिक समाजका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै उनीहरुको सम्मान,सुरक्षा र जीवनयापन सहज बनाउने जिम्मेवारी राज्य र समाज दुवैको भएको बताए ।
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले नगरपालिकाले जेष्ठ नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताएकी छन् ।
कार्यक्रममा बोल्दै उपप्रमुख योगीले जेष्ठ नागरिकको संरक्षण, सम्मान र जीवनयापन सहज बनाउने लक्ष्यका साथ सामाजिक सुरक्षा तथा कल्याणसम्बन्धी कार्यक्रमहरू निरन्तर अघि बढाइँदै आएको जानकारी दिइन् । उनले नगरपालिकाले जेष्ठ नागरिकलाई प्राथमिकतामा राख्दै उनीहरूको आवश्यकता अनुसार कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको उल्लेख गरिन् ।
उपप्रमुख योगीले आगामी दिनमा पनि सामाजिक सुरक्षा,कल्याण तथा जेष्ठ नागरिकमैत्री कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममार्फत जेष्ठ नागरिकहरू लाभान्वित भएको भन्दै सहभागीहरूले नगरपालिकाप्रति आभार व्यक्त गरेका थिए ।
त्यसैगरी लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले जेष्ठ नागरिकलाई समाजको इतिहासका रूपमा सम्मान गर्नुपर्ने बताएका छन् । “जेष्ठ नागरिक भनेका इतिहास हुन्, इतिहास मेटेर मेटिँदैन,” भन्दै उनले जेष्ठ नागरिकहरू हाम्रा लागि सधैँ प्रेरणादायी स्रोत भएको उल्लेख गरे ।
उनले जीवनको अन्तिम कालमा कसैलाई पनि घर छोडेर हिँड्न बाध्य बनाउनु अमानवीय कार्य भएको स्पष्ट पारे । डाँगीका अनुसार परिवार, समाज र राज्यले जेष्ठ नागरिकमैत्री वातावरण निर्माण गर्न सके मात्र यस्तो पीडादायी अवस्था अन्त्य गर्न सकिन्छ ।
समाधानका उपायका रूपमा उनले परिवारमा जेष्ठ नागरिकप्रतिको सम्मान र जिम्मेवारी बोध गराउन सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताए । साथै, स्थानीय तहले जेष्ठ नागरिक लक्षित संरक्षण, हेरचाह र पुनर्स्थापनासम्बन्धी कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा लमही नगरपालिका -१ का वडा अध्यक्ष दामोदर पौडेल, जेष्ठ नागरिक दामोदर पाण्डे, समाजसेवी लक्ष्मण पवन शर्मा लगायतको उपस्थिति रहेको थियो । सामाग्री पाएपछि जेष्ठ नागरिकहरूले नगरपालिकाप्रति आभार व्यक्त गरेका छन् । साथै जेष्ठ नागरिकहरुले भजन किर्तन गर्नुका साथै अनुभव आदानप्रदान समेत गरेका छन् ।
