प्रिया स्मृती गजमेर/लमही शुक्रबार, पुष ११, २०८२

दाङ । हाम्रो साझा अभियान, जेष्ठ नागरिक प्रती श्रद्धा र सम्मान भन्ने मुल नारा सहित यो वर्ष मनाउन लागिएको पाचौं राष्ट्रिय जेष्ठ नागरिक दिवस लमही नगरपालिकाले पनि मनाएको छ ।

यो दिवसका अवसर पारेर लमही नगरपालिकाले जेष्ठ नागरिक दिवसका अवसरमा लमही नगरपालिका १ सुनडबरीमा स्थित शृजनशिल वृद्ध आश्रममा आश्रय लिई रहेका २ जना वृद्धलाई सामाग्री प्रदान गरेको छ ।

सो आश्रममा लामो समयदेखि आश्रय लिईरहेका बेलमती भुसाल र पुरन चौधरीलाई ब्लायान्केट, एक / एक किलो हर्लिक्स, फलफुल प्रदान गरिएको हो ।

लमही नगरपालिकाले जेष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत सामाग्री वितरण गरेको छ । कार्यक्रमका अवसरमा नगर प्रमुख जोगराज चौधरीले असहाय तथा बेसहारा व्यक्तिहरूको सहारा बन्नु राज्यको दायित्व भएको बताएका छन् ।

सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले घरपरिवारबाट एक्लिएका तथा घरबारविहीन अवस्थामा पुगेका जेष्ठ नागरिकहरुलाई सबैले मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले जेष्ठ नागरिक समाजका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै उनीहरुको सम्मान,सुरक्षा र जीवनयापन सहज बनाउने जिम्मेवारी राज्य र समाज दुवैको भएको बताए ।

लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले नगरपालिकाले जेष्ठ नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताएकी छन् ।

कार्यक्रममा बोल्दै उपप्रमुख योगीले जेष्ठ नागरिकको संरक्षण, सम्मान र जीवनयापन सहज बनाउने लक्ष्यका साथ सामाजिक सुरक्षा तथा कल्याणसम्बन्धी कार्यक्रमहरू निरन्तर अघि बढाइँदै आएको जानकारी दिइन् । उनले नगरपालिकाले जेष्ठ नागरिकलाई प्राथमिकतामा राख्दै उनीहरूको आवश्यकता अनुसार कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको उल्लेख गरिन् ।

उपप्रमुख योगीले आगामी दिनमा पनि सामाजिक सुरक्षा,कल्याण तथा जेष्ठ नागरिकमैत्री कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममार्फत जेष्ठ नागरिकहरू लाभान्वित भएको भन्दै सहभागीहरूले नगरपालिकाप्रति आभार व्यक्त गरेका थिए ।

त्यसैगरी लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले जेष्ठ नागरिकलाई समाजको इतिहासका रूपमा सम्मान गर्नुपर्ने बताएका छन् । “जेष्ठ नागरिक भनेका इतिहास हुन्, इतिहास मेटेर मेटिँदैन,” भन्दै उनले जेष्ठ नागरिकहरू हाम्रा लागि सधैँ प्रेरणादायी स्रोत भएको उल्लेख गरे ।
उनले जीवनको अन्तिम कालमा कसैलाई पनि घर छोडेर हिँड्न बाध्य बनाउनु अमानवीय कार्य भएको स्पष्ट पारे । डाँगीका अनुसार परिवार, समाज र राज्यले जेष्ठ नागरिकमैत्री वातावरण निर्माण गर्न सके मात्र यस्तो पीडादायी अवस्था अन्त्य गर्न सकिन्छ ।

समाधानका उपायका रूपमा उनले परिवारमा जेष्ठ नागरिकप्रतिको सम्मान र जिम्मेवारी बोध गराउन सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताए । साथै, स्थानीय तहले जेष्ठ नागरिक लक्षित संरक्षण, हेरचाह र पुनर्स्थापनासम्बन्धी कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा लमही नगरपालिका -१ का वडा अध्यक्ष दामोदर पौडेल, जेष्ठ नागरिक दामोदर पाण्डे, समाजसेवी लक्ष्मण पवन शर्मा लगायतको उपस्थिति रहेको थियो । सामाग्री पाएपछि जेष्ठ नागरिकहरूले नगरपालिकाप्रति आभार व्यक्त गरेका छन् । साथै जेष्ठ नागरिकहरुले भजन किर्तन गर्नुका साथै अनुभव आदानप्रदान समेत गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]