
Nsb
Tgp
Ksb
Rks
Ppu
Ksb
Ssb
Bsn
Ssb
Gsb
Fmb
jsb
Csb
Usb
Rsb
Ksb

Hl1
Gsb
Tsb
Ssb
Usb

Rgu
ptl
Nps
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधिका जित्न लुम्बिनी लायन्सले ८६ रनको लक्ष्य पाएको छ । टीयु क्रिकेट खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरको सुदूरपश्चिम रोयल्स १९ ओभर एक बलमा ८५ रनमा समेटियो ।
त्यस्तै सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए । विनोद भण्डारी ०, शेल्डोन ज्याकसोन एक, आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह ऐरी १३, दीपक बोहरा ०, पुनित महरा ०, अभिनास बोहरा एक, हर्मित सिंह १० र स्कट कुगेइलेन १० रनमा आउट भए । हेमन्त धामी ७ रनमा अविजित रहे ।
यस्तै ब्लिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गरे । रोहित एनपीएलमा ह्याट्रिक पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि काठमाण्डु गोर्खाजका शाहव आलमले ह्याट्रिक पूरा गरेका थिए । रोहितले ११ औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा विकेट लिए । शेर मल्ल र रुवेन ट्रम्पलम्यानले ३-३ र तिलक भण्डारीले एक विकेट लिए ।
