
Rbs
Anm
Gmk
mbd
Mbdvs
Ksm
Sds
gst
Pbu
Gisld

nsb
Pvg
Ssm
Sls
Gst
Sbs
Ksm
Wsp
Hal
Rsb
Tsm
Asm
Rgs
Rgu
Vor
Bbu
Ggd
Bbbpu
Rgu

Rpp
Rmb
Pls
Ptm
Gsb
Bml
bbt
Jmb
sab
Abd
Syp
Jmb
Mks
दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाकामा संचालन रहेको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
राजपुर गाउँपालिकाको आयोजना तथा शिवशक्ती माध्यमिक विद्यालयको व्यवस्थापनमा सम्पन्न भएको प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालय मटेरियाले उत्कृष्ट प्रदर्शन गर्दै समग्र विजेताको रनिङशिल्डहरु हात पारेको हो ।
जसमा जनज्योति मटेरियाले १० स्वर्ण, ७ रजत र २ काश्य सहित अग्रस्थान हासिल गर्यो। सोहीअनुसार साधारण माध्यमिक विद्यालय सालभौरीले ८ स्वर्ण, ३ रजत र ९ काश्यसहित दोस्रो उत्कृष्टता देखायो। त्यस्तै माध्यमिक विद्यालय दुलैयाले ४ स्वर्ण, ९ रजत र ६ काश्य प्राप्त गर्दै तेश्रो प्रभावकारी प्रदर्शन गरेको छ।
त्यस्तै अन्य विद्यालयहरुको पदक स्थिति क्रमशः गौरीशंकर भैंसाहीनाकाले २ स्वर्ण,२ रजत,२ काश्य; शिवशक्ति भौवानाकाले २ स्वर्ण,३ रजत,१ काश्य; बालकल्याण खाङ्ग्रानाकाले १ स्वर्ण,१ रजत,४ काश्य; माध्यमिक विद्यालय सिक्टाले १ स्वर्ण, ४ रजत,२ काश्य;ज्योति आधारभूत गुरुङखोलाले १ स्वर्ण,१ रजत;शंकर माध्यमिक खरदरियाले ३ रजत, ४ काश्य;र युगवोद्ध आधारभूत सुनपत्रीनाकाले १ रजत पदक जितेका छन् । त्यस्तै मार्चपास तर्फ माध्यमिक विद्यालय सिक्टा प्रथम घोषित भयो भने जनज्योति मटेरिया द्वितीय र बालकल्याण माध्यमिक विद्यालय खाङ्ग्रानाका तृतीय हुन सफल भएको छ ।
यस्तै विजेतादेखि सहभागी सबै विद्यालय तथा खेलाडीलाई शुभकामना व्यक्त गर्दै राजपुर गाउँपालिका शिक्षा शाखा अधिकृत बासु खनालले खेल सफल बनाउन आ–आफ्नो स्थानबाट सहयोग पुर्याउने सम्पूर्णप्रति आभार प्रकट गरे । उनले रनिङशिल्डले दुर्गम क्षेत्रका विद्यार्थीको प्रतिभा प्रदर्शन र खेलकुदप्रतिको चासो बढाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै आगामी संस्करणलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिवद्धता समेत जनाएका थिए ।

