
Msbus
Ggp
Ksbus
Sdc
Ksbus
Rgp
Ggp
Asbus
Lnp


दाङ । देउखुरीको राप्ती गाउँपालिकामा शुक्रबार २२ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ ।
“स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने नौ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
सम्मानित हुनेहरुमा जीवन गुप्ता,हिमानी न्यौपाने, रिता चौधरी, सरिता कुमारी चौधरी,मिठ्ठु चौधरी, शान्ति चौधरी, कुसुम चौधरी,फूलमाया चौधरी र मिना देवी बैमा मगर रहनुभएको छ।
साविक लालमटिया गाविस महिला स्वास्थ्य स्वयंसेविका अध्यक्ष सरिता भुसालको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष विष्टले स्वास्थ्य क्षेत्रमा महिला स्वयंसेविकाहरूको योगदान अतुलनीय रहेको बताए । उनले जनचेतना फैलाउनेदेखि ग्रामीण भेगमा स्वास्थ्य सेवाको प्रारम्भिक जग बसाल्ने कार्यमा स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
यस्तै,अध्यक्ष विष्टले यस आर्थिक वर्षकाे वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिकाले सबै महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउने जानकारी दिए ।
कार्यक्रममा बेस संस्थाका रमेश पन्थी ,महिला स्वास्थ्य स्वयंसेविका श्यामा रावत,हिमानी न्यौपानेलगायतले आ-आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा राप्ती गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख वरिष्ठ लेखा अधिकृत लेखा भण्डारी, स्वास्थ्य शाखा प्रमुख नारायण राउत,भारती सन्यासी,विभिन्न स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक पोषणराज शर्माले गरेका थिए ।

