
Rgp1
Lnp
pku
Rgp
Pbu
Sgr
Srbpu
Unsku
Ggp

Gst
Rsb
Hal
Rgs
Asm
Rgu
Ggd
Bbbpu
Rgu
nsb
Wsp
Vor
Pvg
Ssm
Bbu
Sbs
Sls
Ksm
Tsm

Pls
Jmb
Mks
Ptm
sab
Syp
Abd
Rpp
Gsb
Jmb
bbt
Rmb
Bml
काठमाडौं । काठमाडौं गोर्खाजले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित निकालेको छ ।
मंगलबार आज त्रिवि त्रिकेट मैदानमा भएको लिगको ११औँ खेलमा काठमाडौंले लुम्बिनी लायन्सलाई २२ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदा १५७ रनको साझेदारी गरेको थियो । प्रत्युत्तरमा लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाउँदा १३५ रन मात्रै बनाउन सक्यो।
त्यस्तै तेस्रो खेल खेलिरहेको काठमाडौं दोस्रो जितसँगै तेस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा काठमाडौंले जनकपुरलाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रन र विराटनगर किंग्सविरुद्ध पाँच विकेटले पराजित भएको थियो । तेस्रो खेल खेलिरहेको लुम्बिनीले दोस्रो हार व्यहोर्न पुग्यो। लुम्बिनीले पहिलो खेलमा चितवनलाई ६ विकेटले पराजित गर्दा दोस्रो खेलमा कर्णाली याक्ससँग नाै विकेटले पराजित भएको थियो ।
आज लुम्बिनीको इनिङ्समा ठुलो साझेदारी बन्न सकेन । शेर मल्ल र दिलीप नाथले २३ बलमा सर्वाधिक २५ रनको साझेदारी गरेका थिए । शेर मल्लले १८ बलमा तीन छक्का सहित सर्वाधिक २७ रन बनाए । दिलीप नाथले ३३ बलमा २५ रनको योगदान गरे । पाँचौँ नम्बर क्रिजमा पुगेका उनले समान एक चौका र एक छक्का हिर्काएका हुन् । यसअघि पहिलो विकेटका लागि सन्दीप जोरा र डार्सी सर्टले आठ बलमा सर्वाधिक १८ रनको साझेदारी गरे ।
अस्ट्रेलियन ३५ वर्षीय ओपनर सर्टले सर्वाधिक २२ रन बनाए। उनले ११ बलमा तीन चौका र एक छक्का हिर्काएका हुन् । कप्तान रोहितकुमार पौडेल र गुल्वादिन नाइवले समान ११ रनको योगदान गरे । यसअघि ओपनर सन्दीप जोराले सात,जेजे स्मिथले आठ र रुवेन ट्रपलमेनले पाँच रन बनाउँदा सुमित महर्जन गोल्डेन डकआउट भए।
काठमाडौंका लागि मिलिन्द कुमार र जेरार्ड इरास्मसले समान दुई विकेट लिए । शाहव आलम, करण केसी र सन्तोष यादवले समान एक विकेट लिँदा रसिद खान विकेटविहीन रहे । यसअघि पहिलो इनिङ्सको १९औँ ओभरमा रुवेन ट्रम्पलमेनले ३१ रन खर्चिएपछि काठमाडौंले सम्मानजनक स्कोर खडा गरेको थियो । नवौँ नम्बर क्रिजमा आएका करण केसीले ११ बलमा अविजित ३४ रन बनाए। उनले एक चौका र चार छक्का हिर्काए।
यस्तै काठमाडौंका ओपनर आकाश त्रिपाठीले ३२ रन जोडे। ३६ बल सामना गरेका उनले तीन चौका प्रहार गरे। सन्तोष यादवले १६ बलमा २६ रन बनाए। उनले दुई छक्का प्रहार गरेका थिए। जेरार्ड इरास्मसले १५ बलमा दुई चौकासहित १७ रन बनाउँदा मिलिन्द कुमारले पनि २० बलमा एक चौकासहित १७ रन नै टोलीका लागि योगदान गरे । रसिद खानले १० ओभरमा दुई चौकासहित १४ रन बनाए।
सन्तोष र इरास्मसले छैटौँ विकेटको लागि २६ बलमा ३६ रनको साझेदारी गरे। यस्तैऽ आकाश र मिलिन्दले तेस्रो विकेटको लागि ३१ रनको दोस्रो ठुलाे साझेदारी गरे । करण र आदिल आलमले नाै बलमा ३४ रनको साझेदारी गरेका थिए । यसअघि शेर मल्लले ओपनर बेन चार्ल्सवर्थलाई डकआउट गरेका थिए। सात रन बनाएका जन सिम्पसनलाई रोहितकुमार पौडेलले आफ्नै बलमा क्याचआउट गराएका थिए।
लुम्बिनीका लागि शेर मल्ल, रुवेन ट्रम्पलमेन, रोहित र गुल्वादिन नाइवले समान दुई विकेट लिए। अभिषेक गौतम,तिलक भण्डारी र डार्सी सर्ट भने विकेटविहीन भए ।
त्यस्तै प्रतियोगितामा बुधबार पनि एक मात्रै खेल हुनेछ। विराटनगर किंग्स र चितवन राइनोज अपराह्न ४ बजे खेल्दै छन् ।
