
Pes
Pbu
Rgp1
Lnp
Gfs
Srbpu
Ses
Rgp
Djs
Ggp
cjs
Unsku
Sgr
pku

Ksm
Pvg
Rgu
Rgu
Ggd
Wsp
Rgs
Gst
Sbs
Asm
Sls
Bbu
Ssm
Rsb
Tsm
Vor
Hal
nsb
Bbbpu

Bml
Rmb
sab
Pls
Syp
Gsb
Jmb
Abd
Mks
bbt
Rpp
Ptm
Jmb
काठमाडौं । गत पुष ५ गते प्रतिनिधिसभा विघटन भएपछि तलबविहीन भएका प्रतिनिधिसभा सांसदहरुले तीन महिनाको तलब एकमुष्ठ पाउने भएका छन् । सर्वाेच्च अदालतले संसद् पुर्नस्थापना गरेपछि सांसदहरुले ३ महिनाको तलब एकैचोटी पाउन लागेको संघीय संसद सचिवालयले जनाएको छ ।
संघीय सचिवालयका अनुसार प्रतिनिधि सभाका सदस्य र तिनका पिएलाई पुस,माघ र फागुन महिना गरी तीन महिनाको तलब एकमुष्ट रूपमा पठाउने तयारी गरिएको छ । यहीँ २५ फागुन अगावै तीन महिनाको तलब सांसदको खातामा पठाउने तयारी भइरहेको सचिवालयले जनाएको छ । सरकारी कर्मचारी सरह सांसदहरूको तलब २५ गते बैंक खातामा हाल्ने चलन रहेकाले पनि अब एकमुष्ट रुपमा तीन महिनाको तलब पठाउन लागिएको जनाइएको छ । प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि सांसदहरू तलबविहीन भएका थिए ।
सांसदहरूले तलब कति पाउँदै छन् ?
हाल सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ। प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतक लगायतको भने सांसदको भन्दा बढी छ । गत मंसिर महिनामा प्रतिनिधि सभाका सांसदहरूका लागि १ करोड ९४ लाख २० हजार पठाइएको जनाइएको छ । २ सय ७५ सांसद रहने प्रतिनिधि सभामा हाल २ सय ७४ सांसद रहेका छन् । जसमध्ये ४ जना निलम्बनमा छन् ।
त्यस्तै प्रतिनिधि सभाका सांसदका पिएका लागि मात्र मंसिर महिनामा १ करोड ५ लाख ६८ हजार रुपैयाँ भुक्तानी गरिएको जनाइएको छ । मन्त्री रहेका प्रतिनिधि सभा सदस्यहरूले भने संसदबाट तलब बुझ्दैनन् । उनीहरुको छुट्टै तलब र खर्च निर्धारण गरिएको हुन्छ । यसैगरी संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सदस्यका लागि सचिवालयले प्रत्येक महिना ४८ लाख ८ हजार रुपैयाँ पठाउँदै आएको छ भने राष्ट्रिय सभाका सांसदका पिएको लागि २८ लाख ४२ हजार प्रति महिना खर्च हुने गरेको छ ।
तलब भत्ताभित्र संसदको बैठक बसेको दिनको बैठक भत्ता र ट्याक्सी भाडा तथा संसदीय समितिको बैठक बसेको दिनमा भत्ता पाउने व्यवस्था सांसद तथा पदाधिकारीको सेवा सुविधासन्बन्धी ऐनमा गरिएको छ ।
