Sidha Patra बिहिबार, फाल्गुण १३, २०७७

काठमाडौं । गत पुष ५ गते प्रतिनिधिसभा विघटन भएपछि तलबविहीन भएका प्रतिनिधिसभा सांसदहरुले तीन महिनाको तलब एकमुष्ठ पाउने भएका छन् । सर्वाेच्च अदालतले संसद् पुर्नस्थापना गरेपछि सांसदहरुले ३ महिनाको तलब एकैचोटी पाउन लागेको संघीय संसद सचिवालयले जनाएको छ ।

संघीय सचिवालयका अनुसार प्रतिनिधि सभाका सदस्य र तिनका पिएलाई पुस,माघ र फागुन महिना गरी तीन महिनाको तलब एकमुष्ट रूपमा पठाउने तयारी गरिएको छ । यहीँ २५ फागुन अगावै तीन महिनाको तलब सांसदको खातामा पठाउने तयारी भइरहेको सचिवालयले जनाएको छ । सरकारी कर्मचारी सरह सांसदहरूको तलब २५ गते बैंक खातामा हाल्ने चलन रहेकाले पनि अब एकमुष्ट रुपमा तीन महिनाको तलब पठाउन लागिएको जनाइएको छ । प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि सांसदहरू तलबविहीन भएका थिए ।

सांसदहरूले तलब कति पाउँदै छन् ?

हाल सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ। प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतक लगायतको भने सांसदको भन्दा बढी छ । गत मंसिर महिनामा प्रतिनिधि सभाका सांसदहरूका लागि १ करोड ९४ लाख २० हजार पठाइएको जनाइएको छ । २ सय ७५ सांसद रहने प्रतिनिधि सभामा हाल २ सय ७४ सांसद रहेका छन् । जसमध्ये ४ जना निलम्बनमा छन् ।

त्यस्तै प्रतिनिधि सभाका सांसदका पिएका लागि मात्र मंसिर महिनामा १ करोड ५ लाख ६८ हजार रुपैयाँ भुक्तानी गरिएको जनाइएको छ । मन्त्री रहेका प्रतिनिधि सभा सदस्यहरूले भने संसदबाट तलब बुझ्दैनन् । उनीहरुको छुट्टै तलब र खर्च निर्धारण गरिएको हुन्छ । यसैगरी संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सदस्यका लागि सचिवालयले प्रत्येक महिना ४८ लाख ८ हजार रुपैयाँ पठाउँदै आएको छ भने राष्ट्रिय सभाका सांसदका पिएको लागि २८ लाख ४२ हजार प्रति महिना खर्च हुने गरेको छ ।

तलब भत्ताभित्र संसदको बैठक बसेको दिनको बैठक भत्ता र ट्याक्सी भाडा तथा संसदीय समितिको बैठक बसेको दिनमा भत्ता पाउने व्यवस्था सांसद तथा पदाधिकारीको सेवा सुविधासन्बन्धी ऐनमा गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]