
Sdc
ksbus
Amb


काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो खेलका सबै टिकट बिक्री भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार जारी गरेको सूचना अनुसार टिकटविहीन दर्शकलाई खेल मैदान वरपर भीड नगर्न र आफू अनुकुल स्थानबाटै खेल हेर्न आग्रह गरिएको छ।
त्यस्तै प्रहरीको सूचनामा भनिएको छ, ‘आजको खेलका सम्पूर्ण टिकटहरु सोल्ड आउट भएको जानकारी सम्बन्धित संस्थाबाट जानकारी प्राप्त हुन आएकोले टिकट नभएका सम्पूर्ण खेल प्रेमी महानुभावहरु आफ्नो अनुकूल स्थानमै रहेर हेर्न, खेलस्थलको बाहिर भिड नगरिदिनुहुन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गर्ने नागरिक दायित्व निर्वाह गरिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गरिन्छ ।’
यस्तै नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरमै सञ्चालन हुने छ।
