
Mbdvs
Gmk
gst
Sds
Anm
Gisld
Pbu
mbd
Ksm
Rbs

Vor
Asm
Hal
Bbu
Rgs
Sbs
Pvg
Gst
Rsb
Sls
Tsm
Wsp
Rgu
Ssm
Rgu
Bbbpu
Ksm
Ggd
nsb

bbt
sab
Mks
Rmb
Abd
Bml
Ptm
Syp
Rpp
Pls
Jmb
Jmb
Gsb
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा आइतबार सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि आदर्श नमूना माध्यमिक विद्यालयले जितेको छ।
गाउँपालिकाको वडा नम्बर ४,स्थित श्री माध्यमिक विद्यालय मौरीघाटको खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक प्रतियोगितामा सहभागी ३५ विद्यालयमध्ये वडा नम्बर २, ,लालमटियास्थित आदर्श नमूना माध्यमिक विद्यालय विजयी बनेको हो।
विद्यालयले ८ स्वर्ण, ५ रजत र ७ कास्यसहित कुल २० पदक प्राप्त गर्दै समग्र उपाधि हात पारेको हो । सोही क्रममा ७ स्वर्ण, ४ रजत र ९ कास्य गरी २० पदक प्राप्त गरेको श्री माध्यमिक विद्यालय मौरीघाट दोस्रो भयो।
यस्तै ६ स्वर्ण,९ रजत र ६ कास्य गरी २१ पदक जितेको सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँ तेस्रो स्थानमा रह्यो । प्रतियोगितामा ४ स्वर्ण,३ रजत र २ कास्य गरी ९ पदक प्राप्त गरेको सिरिनभ्याली पब्लिक स्कुल मौरीघाट सान्त्वना स्थानमा रहन सफल भयो।
त्यस्तै मार्चपास प्रदर्शनमा ३० अंकसहित श्री माध्यमिक विद्यालय मौरीघाट प्रथम, २८ अंकसहित आदर्श नमुना मावि लालमटिया द्वितीय र २७ अंकसहित चैतन्य पाठशाला तृतीय भएका छन्।
स्थानीय तहले सञ्चालन गर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दाङ जिल्लामा यस वर्ष पहिलोपटक राप्ती गाउँपालिकाले सुरु गरेको हो। “सबैका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा भलिबल,एथलेटिक्स,ज्याभलिन थ्रो, हाईजम्प,सटपुट, लङ्जम्प,कबड्डी,टेक्वान्दो लगायतका विभिन्न खेल समावेश गरिएका थिए।
विद्यार्थीहरुमा आत्मविश्वास,नेतृत्व क्षमता र अनुशासन विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता कार्तिक २८ देखि ३० गतेसम्म तीन दिनसम्म सञ्चालन गरिएको हो । आगामी वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यस वर्षको विजेता आदर्श नमूना माध्यमिक विद्यालयले आयोजना गर्ने जनाइएको छ।
