
Rsb
Ppu
Ksb
Ssb
Ksb
Ssb
Ksb
Usb
Csb
Nsb
Rks
Tgp
Bsn
Gsb

Tsb
Usb
Gsb
Hl1
Ssb

Nps
Rgu
ptl
काठमाडौं । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिनेको संख्या २४ पुगेको छ । आज मात्रै चार वटा दल दर्ताको निवेदन आयोगमा पुगेको छ ।
त्यस्तै ऊर्जाशील पार्टी नामक दल दर्ताको निवेदन पनि पुगेको छ । यसको नेतृत्वमा योगेन्द्र मण्डल रहने भनिएको छ । चन्द्रप्रकाश सुवेदीको नेतृत्वमा सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलको नेतृत्वमा राष्ट्र निर्माण पार्टी र रत्नप्रसाद श्रेष्ठको नेतृत्वमा नागरिक सर्वोच्चता पार्टी नेपाल नाम दल दर्ताको निवेदन पुगेको छ।
यस्तै खगेन्द्र सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको लागि पुगेको छ । यो पार्टीको चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न प्रस्तावित छ । यसअगाडि नवराज सुवेदीको नेतृत्वमा जनयुग पार्टी दर्ताको निवेदन पुगेको छ ।
त्यस्तै यो पार्टीले केन्द्रीय समितिको प्रमाणित विवरण, निर्णयहरू, प्रमाणित प्रतिवद्धतापत्र सहितको कागजात, समर्थकहरूको विवरण, विधान, दलको नियमावली र घोषणापत्र निर्वाचन आयोगमा बुझाएको छ । आयोगका अनुसार जेनजी आन्दोलनअघि ९ वटा दलले दल दर्ताका लागि निवेदन दिएका थिए । जेनजी आन्दोलनपछि १५ वटा दल दर्ताको निवेदन परेको हो ।
