
Lnp
Ksbus
Rgp
Sdc
Asbus
Ksbus
Ggp
Msbus
Ggp


दाङ । राप्ती आँखा अस्पतालले कर्णाली प्रदेशको रुकुम पश्चिमका पत्रकारहरुलाई आँखा स्वास्थ्य शिक्षा तालिम दिएको छ ।
नेपाल नेत्रज्योति संघ तथा राप्ती आँखा अस्पतालको आयोजना एवम् एन.ए.वी.पी नर्वेको आर्थिक सहयोगमा रुकुम पश्चिममा क्रियासील पत्रकारहरुलाई बिहीबार एकदिने आधारभुत आँखा स्वास्थ्य तालिम दिइएको हो ।
नेपाल नेत्रज्योति संघ रुकुम पश्चिमका सभापति शिवराम खत्रीको अध्यक्षतामा भएको तालिम कार्यक्रममा नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका बरिष्ठ अनुगमन तथा मुल्याङकन अधिकृत सालिकराम गौतमले नेपालमा आँखा स्वास्थ्यको अवस्था,आँखामा लाग्ने रोगहरु तथा अस्पताल र उपचार केन्द्रबाट दिने सेवाका साथै विशेषज्ञ सेवा सम्वन्धि जानकारी समेत दिएका थिए । तालिममा २ दर्जन विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
