
Srbpu
Rgp
Sgr
Ggp
Gfs
Pes
Djs
cjs
Lnp
Pbu
pku
sbs
Unsku
Rgp1

Pvg
Bbu
Rsb
Bbbpu
Vor
Gst
Rgs
Sls
Rgu
Ssm
Ggd
Ksm
Wsp
nsb
Tsm
Rgu
Sbs
Asm
Hal

Jmb
Abd
Syp
Gsb
Rpp
Pls
Rmb
Mks
Bml
sab
Ptm
Jmb
bbt
काठमाडौं । नेकपा माओवादी,नेकपा एकीकृत समाजवादी सहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरुले एकता गर्ने सहमति गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
त्यस्तै सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले,नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव,नेकपा महासचिव चिरन पुन,नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा.माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने.क.पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।
यस्तै एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले शुक्रबार मात्रै माओवादी केन्द्रसहितका दलहरुसँग एकता गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रले पनि एकीकृत समाजवादी सहितका कम्युनिष्टहरुसँग एकता गर्ने निर्णय शनिबार गरेको थियो ।
