
Rgp
Asb
Lnp
Rgp
Pbu
Dus
Ggp
Dbs
Usb
Lks
Ggp
lnp
Sgp
Rgp
Jns
ksb
Rgp


काठमाडौँ । अनलाइन सञ्चारमाध्यम दर्तामा शुल्क तोकिएको प्रति प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै प्रेस सेन्टरले सरकारको यो कदमको विरोध गरेको हो । ‘नेपाल सरकारले छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली,२०८२ जारी गरी अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण सम्बन्धी गरेको कतिपय प्रावधानप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
त्यस्तै निःशुल्क रुपमा हुँदै आएको अनलाइन सञ्चारमाध्यम दर्ताका लागि राखिएको पाँच हजार र नवीकरणका लागि राखिएको दुई हजार पाँच सय रुपैयाँ शुल्कको प्रेस सेन्टर नेपाल विरोध गर्दछ । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण यसअघि झैँ निःशुल्क हुनुपर्दछ’ विज्ञप्तिमा भनिएको छ । प्रदेश कानुनबमोजिम प्रदेशमै हुने दर्ता तथा नवीकरणलाई निरन्तरता दिँदै, सङ्घीयताको मर्मअनुसार स्थानीय तहमै अनलाइन सञ्चार माध्यमको दर्ता तथा नवीकरण गर्ने व्यवस्था हुनुपर्नेमा पनि प्रेस सेन्टरले जोड दिएको छ।
यस्तै अनलाइन सञ्चारमाध्यम सञ्चालनका लागि स्थापना गरिएका कम्पनी, संस्था, फर्मले सरकारकै विभिन्न निकायमा राजश्व तिर्दै नवीकरण गर्नुपर्ने, अनलाइन दर्ता तथा नवीकरणका लागि सूचना विभाग पुग्नुपर्ने,अनुगमनका लागि समेत सूचीकृत हुनुपर्ने लामो,झन्झटिलो तथा खर्चिलो प्रक्रियालाई सरल र सहज बनाइनुपर्ने प्रेस सेन्टरको माग रहेको छ ।
