
Ggp
Lks
Jns
Rgp
Ggp
Rgp
Dus
lnp
ksb
Lnp
Asb
Rgp
Rgp
Sgp
Usb

lms

दाङ । घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जिल्ला मालपोत कार्यालयलाई दुई वटा फाइल दराज हस्तान्तरण गरेको छ ।
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको मालपोत कार्यालय दाङलाई सेवा प्रवाहमा सहजताका लागि २ वटा दराज प्रदान गरेको सस्थाका ब्यवस्थापक प्रकाश अधिकारीले जानकारी दिए ।
कलश सहकारीका अध्यक्ष माधव खनालको नेतृत्वमा गएको सहकारीको टोलिले मालपोत कार्यालय घोराहीका निमित्त प्रमुख शाखा अधिकृत कृष्णप्रसाद शर्मालाई सहयोग हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा कार्यालयका नायब सुब्बा शम्भु आचार्य,कलश सहकारीका उपाध्यक्ष चन्द्रावती पौडेल,कोषाध्यक्ष नवराज भण्डारी,सल्लाहकार हेमराज शर्मा र ध्रुवराज पौडेल,संचालक गेहेन्द्र बस्नेत लगायतकाको उपस्थिति रहेको थियो ।
