
Dus
Rgp
Usb
Ggp
Lnp
Ggp
Sgp
Pbu
Dbs
lnp
Rgp
Rgp
Asb
Rgp
Lks
ksb
Jns


दाङ । देउखुरीको लमही नगरपालिकाले लमही बजारमा संचालित मासु पसलहरुको अनुगमन गरेको छ । उपभोक्ताले गुनासो गरेपछि लमही नगरपालिका, देउखुरी उद्योग वाणिज्य संघ, वडा प्रहरी कार्यालय लमही लगायतको उपस्थितिमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा पूर्वपश्चिम राजमार्ग रोडमा रहेको अब्दुल रहमान बफ फ्रेस हाउसबाट लामो समयसम्म फ्रीजमा राखेर खान नमिल्ने अवस्थामा रहेको राँगाको साढे तीन किलो मासु बरामद गरिएको छ । अन्य पसलमा सेवाग्राहीले गुनासो गरे जस्तो केही फेला नपरेको लमही नगरपालिकाका सूचना प्रविधि अधिकृत नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।
त्यस्तै लक्ष्मी फ्रेस हाउस,राप्ती फ्रेस हाउस,न्यु राप्ती फ्रेस हाउस,केवि फ्रेस हाउस,थापा फ्रेस हाउस,न्यु देउखुरी फ्रेस हाउस,ओम सप्लायर्स,जिएम फ्रेस हाउस,चम्का होटल,देउखुरी बफ फ्रेस हाउस र राप्ती मासु पसलको अनुगमन गरिएको हो । प्रायः सबै मसलहरुले पसलको नाम सहितको बोर्ड नराखेको तथा स्थायी लेखा नम्बर नराखेको पाइएको लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख शरद पाण्डेले जानकारी दिए । अनुगमन गरिएका मासु पसलका संचालकलाई पसल सफा राख्ने, मासुहरु छोपेर राख्ने,बासी मासु बिक्रीवितरण नगर्ने, लमही नगरपालिकामा पसल दर्ता र नविकरण गर्ने, हरेक दिनको मासुको मूल्य उपभोक्ताले देख्ने गरि राख्न सुझाव दिएको बताए ।
केही तरकारी पसल अगाडी जथाभावी फोहोर फालिएको छ,पसल संचालकहरुलाई पसल अगाडी गल्ने र नगल्ने दुई थरिका डस्ट्विन राख्नुस तपाईंको पसलबाट निक्लेको फोहोर लिन नगरपालिकाको गाडी आउँछ भनेका छौं, यदि पसल संचालकले अटेर गरे कारबाही गर्छौं भनेका छौं”- लमही नगरपालिकाका प्रशासकीय अधिकृत महेश थापा ठेडीले भने ।
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले व्यवसायका नाममा मानव स्वास्थ्यमा असर पुग्ने खालको माछामासु बिक्रि नगर्न मासु व्यवसायीलाई आग्रह गरेका छन् । कतै बासी मासु बिक्रि भैरहेको, कतै खसी भनेर बोकाको मासु बिक्रि गर्दै छन भनेर केहिदिन यता केही उपभोक्ताले गुनासो गर्दै आएको नगर प्रमुख चौधरीको भनाई छ ।
त्यस्तै लमही बजारलाई सफा र सुन्दर राख्नु सबैको दायित्व भएको प्रमुख चौधरीले बताए । स्थानीय सरकार एक्लैले बजार व्यवस्थापन गर्न र सफा राख्न सक्दैन, यो कार्यमा बजारबासी, सबै सरोकारवालाहरुको उत्तिकै सहयोगको आवश्यक छ”- उनले भने । चाडबाडमा मात्र हैन, लमही बजारलाई सधैं भिडभाड मुक्त बजार बनाउन जरुरी छ, भिड अव्यवस्थित भयो भने दुर्घटनाको जोखिम पनि उत्तिकै बढ्ने खतरा हुन्छ त्यसैले बजारलाई व्यवस्थापन गर्नमा सबैले नगरपालिकासंग हातेमालो गर्न आउनुस हामी सहकार्य गर्न तयार छौं”- नगर प्रमुख चौधरीले भने ।
मासु पसलको अनुगमनमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, प्रशासन शाखाका प्रशासकीय अधिकृत महेश थापा ठेडी,पशु सेवा केन्द्रका डाक्टर संजय श्रेष्ठ,सहायक मत्स्य विकास अधिकृत गणेश चौधरी,सूचना प्रविधि अधिकृत नरेन्द्र कुमार गुप्ता,कृषि शाखा प्रमुख कमलराज विसी, उपभोक्ता हित संरक्षण शाखा प्रमुख शरद पाण्डे, देउखुरी उद्योग वाणिज्य संघका थम्मन चौधरी,वडा प्रहरी कार्यालय लमहीका प्रतिनिधि,लमही नगरपालिकाका नगर प्रहरी लगायतको टोलीले अनुगमन गरेको हो ।
त्यस्तै अब्दुल रहमान बफ फ्रेस हाउसबाट बरामद गरिएको रागाको साढे तीन किलो मासु अनुगमनमा खटिएको अनुगमन टोलीको रोहबरमा नस्ट गरिएको हो सूचना प्रविधि अधिकृत गुप्ताले बताए ।
