
Rgp
Sgp
lnp
Asb
Rgp
Dbs
Usb
Rgp
Jns
ksb
Lnp
Ggp
Dus
Ggp
Lks
Pbu
Rgp


काठमाडौँ । पशुपक्षीको फिड सप्लिमेन्ट आयातको सिफारिस पत्र किर्ते गरी नेपालमा दर्ता नभएका र प्रतिबन्धित पशुपन्क्षीका औषधिहरु आयात गरेको आरोपमा कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिका सञ्चालक अध्यक्ष सुना सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शुक्रबार काठमाडौँको शंखमुलबाट सुवेदीलाई पक्राउ गरेको हो । उनीमाथि लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भई ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति समेत जारी भएको थियो।
यस्तै पशु सेवा विभागअन्तर्गतको प्राविधिक समितिले कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सलाई फिड सप्लिमेन्ट,प्रोवायोटिक्स, भिटामिन, मिनरल,टक्सिन वाइण्डरलगायतका सामग्री नियमानुसार भन्सार शुल्क लाग्ने गरी आयात गर्न सिफारिस दिएको थियो । तर,कम्पनीले उक्त सिफारिस पत्र किर्ते गरी नेपालमा दर्ता नभएका विभिन्न औषधिहरुको विवरण उल्लेख गरी विभिन्न भन्सार कार्यालयमा पेश गरी आयात गरेको देखिएको छ ।
