
Gfs
pku
Rgp1
sbs
Pes
Ggp
Unsku
Rgp
cjs
Srbpu
Sgr
Pbu
Lnp
Djs

Tsm
Pvg
Rgu
Asm
nsb
Wsp
Ggd
Sbs
Bbu
Bbbpu
Rsb
Rgu
Sls
Hal
Vor
Ksm
Gst
Ssm
Rgs

Mks
Ptm
sab
bbt
Jmb
Rmb
Abd
Jmb
Gsb
Pls
Bml
Rpp
Syp
काठमाडौं । निरन्तर वर्षाका कारण सोमबार बिहान मदन भण्डारी लोकमार्गमा खसेको पहिरो योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालका कार्यकर्ताले पन्छाएका छन् ।
सोमबार आज बिहान लोकमार्गको गाईघाट–मुर्कुची खण्डमा सडक अवरुद्ध हुने गरी खसेको पहिरो वाईसिएलले पन्छाएर यातायात सुचारु गराएको हो । लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका ७ होक्से क्षेत्रको नाम्जेमा पहिरोसँगै ठूला ढुंगा खसेर सडक अवरुद्ध भएको थियो ।
त्यस्तै सडक अवरुद्ध भएको जानकारी पाउनासाथ सदरमुकाम गाईघाटबाट वाईसिएल टोली घटनास्थल पुगेर ३ घण्टाभन्दा बढी समय लगाएर पहिरो पन्छाएको तालुक पार्टी नेकपा (माओवादी केन्द्र) त्रियुगा नगर कमिटी अध्यक्ष मानबहादुर राईले बताए । उनका अनुसार ठूला ढुंगासहित खसेको पहिरोले सडक आवागमन रोकिनुका साथै अझै पहिरो खस्ने जोखिमले स्थानीय त्रसित थिए ।
सडक अवरुद्ध भएको र पहिरो खस्ने क्रम जारी रहेको जानकारी स्थानीयबाट पाए लगत्तै वाईसिएललाई बोलाएर उद्धारमा खट्न घटनास्थल लगेको अध्यक्ष राईले बताए । ह्यामर, गैँटी, झम्पल र बेल्चासहित घटनास्थल पुगेका डेढ दर्जन हाराहारी वाईसिएल कार्यकर्ताले सडकमा खसेका ठूला ढुंगा फुटाउँदै पहिरो पन्छाएको अध्यक्ष राईले बताए।
त्यस्तै माओवादी निकट युवा दस्ता वाईसिएल गत साउन १ गतेदेखि निरन्तर सामाजिक अभियानमा लागिरहेको छ । गएको तीन दिन लामो अविरल वर्षामा देशभर उद्धार र सहयोग कार्यमा पनि वाईसिएल खटिरहेको पार्टीले जनाएको छ । पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले अविरल वर्षाका कारण आपतविपत र अप्ठ्यारोमा परेकालाई उद्धार गर्न आव्हान गरेका थिए । उनको आव्हान बमोजिम वाईसिएल नेता कार्यकर्ता देशव्यापी रूपमा उद्धार कार्यमा लागिरहेको पार्टीले जनाएको छ ।
यस्तै उदयपुरमा पनि अविरल वर्षाका कारण विभिन्न ठाउँमा आपतविपतमा परेकालाई वाईसिएलले उद्धार र सहयोग गरिरहेको पार्टी जिल्ला समन्वय समिति उदयपुरका संयोजक द्रोण पौडेल (निरज)ले बताए। ‘हाम्रा केन्द्रीय संयोजक प्रचण्डको निर्देशनअनुसार काठमाडौं उपत्यकामा १० हजार वाईसिएल उद्धार कार्यमा परिचालित भएका छन्,’ उनले भने, ‘अविरल वर्षाले समस्यामा परेका पीडितलाई हरेक खालको सहयोग गर्न वाईसिएल देशभरि परिचालित छन्, उदयपुरमा पनि हामी लागिपरेका छौं।’नागरिक दैनिक
