
Sgr
pku
Gfs
cjs
Rgp1
Djs
Rgp
Pbu
Unsku
Lnp
Pes
sbs
Srbpu
Ggp

Ksm
Bbbpu
Tsm
Sbs
nsb
Gst
Ssm
Bbu
Rgu
Asm
Ggd
Rgs
Wsp
Rsb
Sls
Hal
Rgu
Vor
Pvg

Abd
Pls
Bml
Jmb
sab
Jmb
bbt
Mks
Ptm
Rmb
Syp
Gsb
Rpp
दाङ । संविधान दिवसको अवसर पारेर नेपाली कांग्रेसले लमहीमा बिचार गोष्ठी शुक्रबार सम्पन्न गरेको छ ।
नेपाली काँग्रेस लमही नगर कार्यसमिति देउखुरीको आयोजनामा शनिबार कार्यक्रम भएको हो । “वर्तमान सन्दर्भमा संविधानको आवश्यकता र महत्व” विषयक विचार गोष्ठीमा पार्टीका विभिन्न तह–तहका नेताहरूले संविधानको महत्व, यसको कार्यान्वयनमा देखिएका चुनौती र मुलुकलाई स्थिरता दिलाउनुपर्ने विषयमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
नेपाली कांग्रेस लमही नगर सभापति सन्तोष बुढाथोकीको अध्यक्षता तथा नेपाली कांग्रेस केन्द्रीय महासमिति सदस्य जानकिलाल बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रमुख अतिथी बस्नेतले नेपालको संविधान लोकतान्त्रिक आन्दोलनको ठूलो उपलब्धि भएको बताउँदै यसको कार्यान्वयनमा सबै राजनीतिक दल र नागरिक समाज एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले मुलुकलाई राजनीतिक स्थायित्व, सुशासन र विकासको मार्गमा अघि बढाउन संविधानलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताए ।
किरण चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा जिल्ला सदस्य गोबिन्द रेग्मी, प्रदेश सदस्य कुमार घिमिरे, प्रदेश महाधिवेशन प्रतिनिधि घनश्याम सुवेदी, नेपाल थारु संघ क्षेत्रीय सदस्य गोकुल प्रसाद चौधरी, नेपाल मुस्लिम संघका सचिव नवाफ अली, तथा महाधिवेशन प्रतिनिधि मधु न्यौपानेलगायतले आ–आफ्ना धारणा राखेका थिए । वक्ताहरूले संविधानले ल्याएको सामाजिक, आर्थिक र राजनीतिक अधिकारको रक्षा गर्न सबै सचेत रहनुपर्नेमा जोड दिएका थिए । वक्ताहरूले संविधानले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा अघि बढाएको र यसले नागरिकलाई मौलिक अधिकारसहित समान अवसर प्रदान गरेको बताए । उनीहरूले संविधान कार्यान्वयनमा अझै केही कमजोरी देखिएको भए पनि यसको आधारमा मुलुकलाई राजनीतिक, सामाजिक र आर्थिक रूपमा सबल बनाउन सकिने विश्वास व्यक्त गरे ।
यसै अवसरमा नेपाली कांग्रेसका विभिन्न तहका नेताहरूले संविधान दिवसलाई केवल उत्सवका रूपमा मात्र नभई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले राजनीतिक स्थायित्व,भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगार सिर्जनालाई संविधान कार्यान्वयनसँग जोडेर अघि बढाउनुपर्ने सुझाव प्रस्तुत गरे । कार्यक्रमको सञ्चालन नगर सचिव प्रेम कालाथोकीले गरेका थिए । कार्यक्रममा पार्टीका विभिन्न भातृ संगठनका प्रतिनिधिहरू, स्थानीय नेतागण, कार्यकर्ताहरू तथा सर्वसाधारण नागरिकहरूको उपस्थिति रहेको थियो । उपस्थित सहभागीहरूले संविधान दिवसलाई मुलुकको लोकतान्त्रिक इतिहासमा महत्वपूर्ण माइलस्टोनका रूपमा स्मरण गर्दै आगामी दिनमा संविधानको पूर्ण कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमको अबसरमा जेन-जी आन्दोलनका सहिद प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै राष्ट्रले ब्यहोर्नुपरेको भौतिक क्षतिप्रती दुख ब्यक्त गर्दै पार्टी सभापती दम्पती माथी भएको आक्रमणप्रति घोर निन्दा गरेको छ ।
