
Pes
Gfs
sbs
Sgr
Unsku
pku
cjs
Lnp
Pbu
Rgp
Rgp1
Srbpu
Ggp
Djs

Ggd
Hal
Bbbpu
Rgu
nsb
Sls
Bbu
Asm
Pvg
Ksm
Rgu
Rgs
Rsb
Vor
Sbs
Ssm
Gst
Tsm
Wsp

Ptm
Rpp
Syp
Rmb
sab
bbt
Jmb
Abd
Gsb
Bml
Pls
Jmb
Mks
काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यतिबेला सेनाको सुरक्षामा छन् ।
जेन–जी आन्दोलन चर्किएपछि उनलाई सेनाले ब्यारेकमा लगेर सुरक्षा दिएको थियो । ओली मात्रैलाई नभएर सेनाले पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाललगायतलाई सेनाले ब्यारेकमा राखेर सुरक्षा दिएको थियो । देउवा र ओलीबाहेक अरु पूर्व प्रधानमन्त्रीहरु सार्वजनिक भइसकेका छन् । तर, एमाले अध्यक्ष ओली ओली र कांग्रेस सभापति देउवा भने अझै सार्वजनि भएका छैनन् ।
त्यस्तै नेकपा (एमाले) का नेता एवं पूर्व मन्त्री महेश बस्नेतले एमाले अध्यक्ष अोलीलाई अबको ३ दिनभित्र शानदार ढंगले सार्वजनिक गरिने बताए । ओलीले राष्ट्रको गौरव राख्ने काम गरेको र हिनता बोध गर्नुपर्ने केही काम नगरेको नेता बस्नेतको दाबी छ । ‘बढीमा तीन दिनभित्र हामी उहाँलाई शानदार ढंगले, पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली शानदार ढंगले देखिने गरेर १०औं हजार युवाहरुले स्वागत गर्ने गरेर देखिनुहुन्छ । १०औं हजार मान्छेले स्वागत गर्छन्,’– उनले भने ।
यस्तै यसअघि पनि प्रधानमन्त्रीबाट फिर्ता हुँदा ओली बाजागाजा र र्यालीसहित बालकोट फर्किएका थिए । यद्यपि अहिले उनी बालकोट निवास फर्किने अवस्था भने छैन । जेन–जी आन्दोलनका क्रममा उनको बालकोटस्थित निवास जलेर ध्वस्त भएको छ ।
