
Pes
sbs
Unsku
Pbu
Sgr
Rgp
Djs
cjs
Srbpu
Lnp
Rgp1
Ggp
pku
Gfs

Rsb
Sls
Vor
Rgu
Bbbpu
Asm
Wsp
Rgu
Hal
Ksm
Pvg
Bbu
Gst
Ggd
nsb
Sbs
Tsm
Rgs
Ssm

Jmb
Syp
Ptm
sab
Rpp
bbt
Abd
Bml
Mks
Pls
Rmb
Jmb
Gsb
काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा आज सहमति जुटेको छ ।
सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै नियुक्त गरी शपथ गराउने भएका छन् । राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार कार्कीको शपथ ९ बजे हुनेछ । यसअघि नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो ।
कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल पनि छलफलका लागि राष्ट्रपति निवास पुगेका थिए । कार्कीलाई अन्तरिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा सहमति जुटे पनि संसद विघटनका विषयमा सहमति जुट्न सकेको थिएन । पोखरेलले भने,‘यसबारे कार्कीको नियुक्तिसँगै सहमतिको औपचारिक जानकारी आउनेछ ।’
त्यस्तै स्रोतका अनुसार जेनजी अभियन्ताको राष्ट्रपति कार्यालय घेर्ने र सेना प्रमुख अशोकराज सिग्देलको संकटकाल लगाउने अवस्था आउन सक्ने चेतावनीपछि राष्ट्रपति पौडेल संसद विघटनबारे आफ्नो अडानबाट ब्याक भएका हुन् । यसअघि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए । असामान्य परिस्थितिलाई ध्यानमा राख्दै दिइएको राजीनामा राष्ट्रपति पौडेलले सोही दिन स्वीकृत गरेका थिए ।
