
Rgp
Pes
Sgr
Ggp
cjs
sbs
Unsku
Djs
Rgp1
Pbu
Gfs
Lnp
pku
Srbpu

Rsb
Asm
Ggd
Vor
Hal
Sbs
Bbbpu
Rgu
Rgu
Ksm
nsb
Wsp
Rgs
Ssm
Bbu
Sls
Pvg
Tsm
Gst

Pls
Gsb
Rmb
sab
Jmb
Bml
Rpp
Syp
Abd
bbt
Ptm
Jmb
Mks
हेटाैंडा । बागमती प्रदेशकाे राजधानी हेटाैंडामा जेन-जीहरुकाे प्रदर्शनले उग्ररुप लिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले अपरान्हदेखि आज राति १२ बजेसम्म कर्फ्यु जारी गरेपनि प्रदर्शनकारीहरू राेकिएका छैनन् । प्रदर्शनकारीले बागमती प्रदेशका मन्त्रालय, बागमती प्रदेशसभा सचिवालय भवन,जिल्लास्थित पार्टी कार्यालयदेखि नेताहरुकाे घरमा आगो लगाएका छन् ।
निरन्तर आगजनी भइरहँदा पनि सुरक्षा निकायहरू रक्षात्मक देखिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँकाे घर ताेडफाेड गर्दा प्रहरीले हवाई फायर गरेकाे छ ।प्रदर्शनकारीहरूले हेटाैंडा उपमहानगरपालिका वडा नम्बर -२ स्थित भाैतिक पूर्वाधार विकास मन्त्रालय,खानेपानी, उर्जा,जलश्राेत तथा सिचाईं मन्त्रालय,श्रम,राेजगार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहेकाे भवनमा आगजनी गरेको छ ।
त्यस्तै अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगकाे कार्यालय, बागमती प्रदेशसभा सचिवालय भवनमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । हेटाैंडा उपमहानगरपालिका कार्यालयमा ताेडफाेड गरिएकाे छ भने नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकाे पार्टी कार्यालयमा ताेडफाेड भएकाे छ ।
यस्तै प्रदर्शनकारीहरूले मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँकाे हेटाैंडा-५ मा रहेकाे निवासमा ताेडफाेड र आगजनी समेत गरेका छन् ।
