Sidha Patra मंगलबार, भाद्र २३, २०८२

हेटाैंडा । बागमती प्रदेशकाे राजधानी हेटाैंडामा जेन-जीहरुकाे प्रदर्शनले उग्ररुप लिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले अपरान्हदेखि आज राति १२ बजेसम्म कर्फ्यु जारी गरेपनि प्रदर्शनकारीहरू राेकिएका छैनन् । प्रदर्शनकारीले बागमती प्रदेशका मन्त्रालय, बागमती प्रदेशसभा सचिवालय भवन,जिल्लास्थित पार्टी कार्यालयदेखि नेताहरुकाे घरमा आगो लगाएका छन् ।

निरन्तर आगजनी भइरहँदा पनि सुरक्षा निकायहरू रक्षात्मक देखिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँकाे घर ताेडफाेड गर्दा प्रहरीले हवाई फायर गरेकाे छ ।प्रदर्शनकारीहरूले हेटाैंडा उपमहानगरपालिका वडा नम्बर -२ स्थित भाैतिक पूर्वाधार विकास मन्त्रालय,खानेपानी, उर्जा,जलश्राेत तथा सिचाईं मन्त्रालय,श्रम,राेजगार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहेकाे भवनमा आगजनी गरेको छ ।

त्यस्तै अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगकाे कार्यालय, बागमती प्रदेशसभा सचिवालय भवनमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । हेटाैंडा उपमहानगरपालिका कार्यालयमा ताेडफाेड गरिएकाे छ भने नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकाे पार्टी कार्यालयमा ताेडफाेड भएकाे छ ।

यस्तै प्रदर्शनकारीहरूले मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँकाे हेटाैंडा-५ मा रहेकाे निवासमा ताेडफाेड र आगजनी समेत गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]