
Pbu
Rgp1
Srbpu
Rgp
Lnp
pku
Ggp
Pes
Sgr
sbs
Gfs
Unsku
cjs
Djs

Ksm
Sls
Pvg
Wsp
Gst
Rsb
Ggd
Tsm
nsb
Bbbpu
Rgu
Rgu
Sbs
Bbu
Rgs
Vor
Hal
Asm
Ssm

Abd
Ptm
Rpp
Jmb
Jmb
Bml
Rmb
Pls
Gsb
Syp
bbt
sab
Mks
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश सागर विष्टको इजलासमा परेको छ।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा आफ्नो भागको बिगो बुझाउँदा पनि थुनामै पठाउने रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध रास्वपा सभापति रवि लामिछानेले उच्च अदालतमा सोमबार निवेदन दिएका थिए।
त्यस्तै लामिछानेले जिल्लाको आदेश बदर गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ बमोजिम थुनामुक्तिको माग गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासमा दायर मुद्दा न्यायाधीश विष्टको एकल इजलासमा परेको हो ।
यस्तै अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले आज लामिछानेको मुद्दा न्यायाधीश विष्टको एकल इजलासमा परेको जानकारी दिए । कुँवरले लामिछानेको निवेदनको तर्फबाट आज बहस हुनसक्ने बताए ।
त्यस्तै लामिछाने पत्नी निकिताले सोमबार श्रीमानको तर्फबाट उच्च अदालत बुटवलमा बिगो तोके बराबरको बैंक जमानत लिएर जेल बाहिरबाटै मुद्दा लड्न दिनुपर्ने माग सहित रिट दायर गरेकी थिइन् ।
