Sidha Patra मंगलबार, भाद्र ०९, २०८२

काठमाडौं । नेपाल सरकारले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋण पौने २७ खर्ब पुगेको छ । चालू आव ०८२/८३ को पहिलो महिना साउन मसान्तसम्ममा सरकारले तिर्न बाँकी कुल ऋण २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँबराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक रहेकोे छ ।

गत असार मसान्तसम्म सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड थियो । साउन महिनामा मात्र १४ अर्ब दुई करोड रुपैयाँ ऋण बढेको हो । सो अवधिमा सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ८१ अर्ब १२ करोड पुगेको छ । बाह्य ऋण १४ खर्ब दुई अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । कुल ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.२६ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.७४ प्रतिशत पुगेको छ । देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा ऋणको हिस्सा ४३.९४ प्रतिशतबराबर पुगेको हो ।

त्यस्तै साउनमा सरकारले कुल ४४ अर्ब ५७ करोड ४८ लाख रुपैयाँ ऋण परिचालन गरेको छ । जसमा ४० अर्ब आन्तरिक ऋण र चार अर्ब ५७ करोड ४८ लाख बाह्य ऋण रहेको छ । सरकारले चालू आवमा कुल पाँच खर्ब ५९ अर्ब ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । त्यस्तै, ऋण सेवामा कुल चार खर्ब ११ अर्ब खर्च हुने अनुमान गरिएको छ । साँवा–ब्याज साढे ३६ अर्ब भुक्तानी सरकारले साउन महिनामा ऋण सेवामा साढे ३६ अर्ब रुपैयाँ खर्चिएको छ । यस अवधिमा सरकारले ऋण सेवाअन्तर्गत साँवा भुक्तानीमा ३० अर्ब ५५ करोड ११ लाख र ब्याज भुक्तानीमा ६ अर्ब १३ करोड ३१ लाख खर्चिएको हो ।

यस्तै सरकारले आन्तरिकतर्फ २७ अर्ब १० करोड साँवा र पाँच अर्ब १३ करोड ब्याज गरी कुल ३२ अर्ब २३ करोड ७३ लाख रुपैयाँ खर्चिएको छ । त्यस्तै, बाह्यतर्फ तीन अर्ब ४५ करोड ११ लाख साँवा र ९९ करोड ५८ लाख ब्याज गरी कुल चार अर्ब ४४ करोड ६९ रुपैयाँ खर्चिएको हो । सरकारले साउनमा ऋण सेवामा गरेको कुल खर्च जिडिपीको तुलनामा ०.६ प्रतिशतबराबर हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]