
Msbg-2
Csbg-7
Gsbr-6
Gsbg-3
Rksr-7
ksbl-7
Jsbr-3
Usbl-7
Pbu
Jsbg-7


दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालको नयाँ मेडिकल सुपरिटेण्डेन्ट (मेसु) मा एमडिजिपी डा.हरि पाण्डे नियुक्त हुनु भएको छ ।
अस्पताल विकास समितिको बैठकले सिनियरताको आधारमा नबौं तहका डा. पाण्डेलाई मेसुमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि सो अस्पतालका मेसु आठौं तहका डा. श्रवण चौधरी रहेका थिए ।
राप्ती गाउँपालिकाका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश बिष्टले डा. पाण्डेलाई नियुक्ति पत्र प्रदान गर्दै उनको कार्यकालमा अस्पतालले सेवा गुणस्तरमा थप सुधार गर्ने अपेक्षा व्यक्त गरे । त्यस्तै उनले स्थानीय तहको प्राथमिकता स्वास्थ्य क्षेत्र भएकाले गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताए ।
त्यस्तै, नवनियुक्त मेसु डा. हरि पाण्डेले आफ्नो कार्यकालमा अस्पतालको जनशक्ति र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन ध्यान दिने बताए । उनले जनताले नजिकबाट सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्न सबैसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
